भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

धनमाल लुटपाटका लागि मुगु हत्याकाण्ड : दुई सातापछि दुई अभियुक्त पक्राउ


  • कार्तिक २४, २०८०
  • 236 Views
धनमाल लुटपाटका लागि मुगु हत्याकाण्ड : दुई सातापछि दुई अभियुक्त पक्राउ image

मुगु । घटनाको दुई सातापछि प्रहरीले मुगुमा एकै परिवारका चार सदस्यको हत्या भएको घटना सुल्झाएको छ । धनमाल लुटपाटको उद्देश्यले दुईजना मिलेर परिवारकै हत्या भएको प्रहरीले जनाएको छ । मुगुको पिना गाउँपालिका–७ का गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहरालाई प्रहरीले पक्राउ गरेको हो । दुवैले अभियोग स्वीकार गरेका छन् ।

छायाँनाथ रारा गाउँपालिका–६ मुन्दुगाउँ निवासी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, सात वर्षकी छोरी अप्सरा तथा एक वर्षका छोरा रहरको हत्या भएको थियो । १० कात्तिकमा उनीहरूको शव प्रहरीले फेला पारेको थियो । ८ कात्तिकमा हत्या भएको प्रहरीले जनाएको छ । हत्यापछि शाही र बोहोराले गहना तथा नगद लुटेका थिए । ‘श्रीदेवीसँग धेरै सुन लगाउने उनीहरूले देखेका रहेछन्,’ अनुसन्धानमा आबद्ध एक प्रहरीले भने, ‘सोही आधारमा उनीहरूले लुट्ने योजना बनाएको देखिन्छ ।’ श्रीदेवीका श्रीमान् भने विदेशमा थिए । गोर्ख श्रीदेवीका नाता पर्दछन् ।

गत जेठ महिनामै शाही र बोहोराले श्रीदेवीको सुन लुटपाट गर्ने योजना बनाएका थिए । कोहलपुर बस्दै आएका शाहीले गाउँमै गएर सो योजना बनाएका थिए । योजनाअनुसार शाही ५ कात्तिकमा सुर्खेतबाट पिना गएर गोपालको गोठघरमा बसेका थिए । गाउँलेलाई थाहा नहोस् भनेर उनी गोठमा लुकेर बसेका थिए ।

योजनाअनुसार नै उनीहरूले ८ कात्तिकमा हत्या गरेका हुन् । हत्यापछि उनीहरूले साढे दुई तोलाको सुनको रिङ, २५ ग्रामको तिलहरी, चेक, लालपुर्जा र करिब ५–६ हजार नगद लुटेका थिए । त्यही दिन श्रीदेवी माइतीबाट फर्किएकी थिइन् । हत्यापछि उनीहरू सुर्खेत भागेर बसेका थिए ।

प्रहरीले सोमबार नै गोर्खलाई पक्राउ गरेको थियो । उनकै बयानका आधारमा गोपाललाई बिहीबार पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई शुक्रबार सार्वजनिक गर्ने प्रहरी तयारी छ । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले स्थानीय प्रहरीसँग मिलेर अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.