भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नुवाकोटको विभिन्न स्थानमा गोरु जुधाइयो


  • माघ २, २०७९
  • 295 Views
नुवाकोटको विभिन्न स्थानमा गोरु जुधाइयो image

नुवाकोट । माघे संक्रान्तिका अवसरमा नुवाकोटको विभिन्न स्थानमा गोरु जुधाईको आयोजना गरिएको छ। यसपटक तारुकामा १६ हल गोरु जुधाइएको छ। यहाँ ३५ वर्षदेखि गोरु जुधाई मेला आयोजना हुने गरेको छ। तारकेश्वर गाउँपालिका(३ चन्दनीमा यस पटक महोत्सवका रूपमा गोरु जुधाई मेला गरिएको हो।

नुवाकोटमा माघे सङ्क्रान्तिमा सदियौं पुरानो पहिचान, नमूना, पर्व र पहिचानका रूपमा गोरु जुधाइने गरिएको छ। गोरु जुधाई सोमबार पनि हुने महोत्सव आयोजक समिति अध्यक्ष तथा गोरुपालक किसान मदनकुमार श्रेष्ठले बताए। पन्चकन्या गाउँपालिका( ३ पिपलडाँडामा ११ हल गोरु जुधाइएको आयोजक समितिका संयोजक गणेश खनालले बताए।

विदुर नगरपालिका( १० बेत्रावतीमा यस वर्ष ९ हल गोरु जुधाइएको छ। मेला अवलोकन गर्न नुवाकोटसहित रसुवा, काठमाडौं, धादिङ, गोरखा, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेबाट समेत आएका छन्। अन्नपूर्णपोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.