भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेकपा एक हुँदासम्म कुनै पक्षसँग सहकार्य हुँदैन : महतो


  • फाल्गुन १९, २०७७
  • 835 Views
नेकपा एक हुँदासम्म कुनै पक्षसँग सहकार्य हुँदैन : महतो image

काठमाण्डाैं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सत्तारुढ दल एक हुँदासम्म सरकार गठनको विषयमा नेकपाको कुनै पक्षसँग सहकार्य हुन नसक्ने बताएका छन् । धनगढीमा मंगलबार भएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता महतोले नेकपा औपचारिक रूपमा विभाजित भएपछि मात्र कुन पक्षसँग सहकार्य गर्ने भन्ने विषयमा छलफल गर्न सकिने बताए ।

‘संविधान र कानुनको नजरमा अहिले पनि नेकपा एक छ र संसद्मा नेकपाको झन्डै दुईतिहाइ बहुमत छ । त्यसैले सरकार बनाउन नेकपालाई कसैको आवश्यकता छैन,’ महतोले भने, ‘एउटै पार्टीको सरकार रहेसम्म न कांग्रेसले केही गर्न सक्छ, न जसपाले ।’ नेकपाको विवाद टुंगोमा पुगेपछि मुद्दा मिल्नेसँग जसपाले सहकार्य गर्ने उनको भनाइ छ । महतोले भने, ‘अहिले पनि नेकपाको अध्यक्ष केपी ओली, संसदीय दलको नेता ओली र प्रधानमन्त्री पनि ओली नै छन् । पार्टीको विवाद टुंगो नलाग्दासम्म नेकपाको कुन समूहसँग सहकार्य गर्ने ?’

सरकारमा सहकार्यका लागि थारू र मधेसी समुदायका माग सम्बोधन गर्ने गरी संविधान संशोधन र टीकापुर घटनामा दोषी ठहर भई आजीवन कारावासको सजाय भोगिरहेका सांसद रेशम चौधरीलगायत नेताको रिहाइ आफूहरूको सर्त रहने उनले बताए । जनताका चाहना र माग समेट्न नसक्दा मुलुकमा अहिलेसम्म ६ वटा संविधान असफल भएको चर्चा गर्दै उनले यो संविधानमा पनि मधेसी र थारू समुदायका सवाल नसमेटिएको जिकिर गरे ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.