भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेपाल चिनाउँदै कर्णालीका अल्ट्राधावक


  • श्रावण ६, २०८०
  • 266 Views
नेपाल चिनाउँदै कर्णालीका अल्ट्राधावक image

जुम्ला । सात छोरी र एक छोरामध्ये पाँचौं सन्तानका रूपमा जन्मेकी पातारासी गाउँपालिका–२ की २४ वर्षीया सुनमाया बुढाको बाल्यकाल अभावमै बित्यो । आमाको दूधसमेत पर्याप्त खान नपाएकी उनी कुपोषणको सिकार भइन् ।

जसोतसो घरेलु उपचारले बाँचिन् । १६ वर्षमा एसएलसी पास गरेपछि भने परिवारले उनको विवाहको तयारी गर्‍यो ।

सुनमाया बुढा
जुम्ला सदरमुकामदेखि चार घण्टा पैदल दूरीको दूरदराजमा जन्मेहुर्के पनि सुनमायालाई सानै उमेरमा बिहे गरेर घरजममा भुल्नु थिएन । दुब्ली उनी विद्यालयस्तरकै दौडमा भाग लिँदालिँदै म्याराथनप्रति एकखाले लगाब बस्दै गइरहेको थियो ।

एसएलसी सकेपछिको एक दिन उनले थाहा पाइन्, जुम्ला बजारमा पूर्वओलम्पियन धावक हरिबहादुर रोकायाले प्रशिक्षण दिँदै छन् । ‘घरमा बजार जान्छु भनेर भागेर उहाँलाई भेट्न गएँ,’ उनी सम्झिन्छिन्, ‘धावक रोकायाले कर्णाली स्पोर्ट्स क्लबमा भर्ना पनि गरिदिनुभयो ।’ कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.