भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने


  • मंसिर १८, २०७७
  • 626 Views
पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने image

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभए बताउँदै महाशाखाबाट जारी बुलेटिनमा हाल गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसो लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू–भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। शुक्रबार देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी स्थानहरुमा मौसम आंशिक बदली रहनेछ। शनिबार देशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ। अन्नपूर्ण दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.