DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पाथीभरामा केबलकार : समन्वयका लागि समिति


  • माघ ६, २०८०
  • 247 Views
पाथीभरामा केबलकार : समन्वयका लागि समिति image

ताप्लेजुङ । पाथीभरामा केबलकार बनाउने विषयमा स्थानीय बासिन्दाकै राय बाझिएपछि समन्वय समिति बनाइएको छ । केबलकार बनाउने र नबनाउने विषयमा विवाद बढिरहेका बेला जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको संयोजकत्वमा समिति बनाइएको हो ।

पाथीभरामा केबलकार स् समन्वयका लागि समिति

समितिमा फुङलिङ नगरपालिकाका प्रमुख, पाथीभरा याङवरक, फक्ताङलुङ र सिरिजंगा गाउँपालिका प्रमुखसहितको नौ सदस्यीय समन्वय समिति बनाइएको हो । जसमा प्रमुख जिल्ला अधिकारी, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष पनि रहेका छन् ।

बनाउने र बनाउन नदिने दुवै पक्षलाई बोलाएर आवश्यक समन्वय गरिने समन्वय समितिका संयोजक छिरिङ लामाले जानकारी दिए । केवलकारका विषयमा छलफल गर्न पाथीभरा क्षेत्र विकास समितिले बैठक बोलाएको थियो । बनाउन नदिने समूहले विरोध जनाइरहँदा बनाउनुपर्छ भन्ने समूहको युवा दस्ता सार्वजनिक भएपछि सम्भावित दुर्घटनालाई दृष्टिगत गरी क्षेत्र विकास समितिले छलफल गराएको अध्यक्ष रक्की थेवेले जानकारी दिए ।कान्तिपुर दैनिकबाट।।।

 


Thali Mobile Pvt.Ltd.