भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ : प्रम


  • फाल्गुन २४, २०७७
  • 703 Views
पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ : प्रम image

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिँदो राजनीतिक परिस्थितिबीच आवश्यक परेमा संसद्मा विश्वासको मत लिएर अगाडि बढ्ने बताउनुभएको छ । नेकपाको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतले आइतबार दिएको फैसला र प्रतिनिधि सभा बैठकका कामकारबाहीका विषयमा छलफल गर्न आयोजित दलको बैठकमा प्रधानमन्त्री ओलीले मुलुकमा विकसित र बदलिएको राजनीतिक परिस्थितिमा पार्टीलाई कसरी बलियो बनाएर जाने भन्ने विषयमा धारणा व्यक्त गर्नुहुँदै संसद्मा विश्वासको मत लिएरै अगाडि बढ्ने बताउनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले राख्नुभएको धारणा उद्धृत गर्नुहुँदै संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले भन्नुभयो, “सर्वोच्च अदालतबाट आएको फैसलाले ऋषि कट्टेललाई जिताएको हो, हामीलाई होइन ।”

उहाँका अनुसार प्रधानमन्त्री ओलीले विकसित राजनीतिक घटना क्रममा पार्टीका कार्ययोजना, जिम्मेवारी व्यवस्थापनका लागि छिट्टै केन्द्रीय कमिटीको बैठक डाक्नेबारे जानकारी दिनुभयो । उहाँले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने विषयमा समेत चर्चा गर्नुभएको थियो ।

दलका सचेतक शान्ता चौधरीका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले संसद् सञ्चालनमा सभामुखको भूमिका र शैलीप्रति समेत असन्तुष्टि जनाउनुभएको थियो । प्रधानमन्त्री ओलीले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी एकतालाई नयाँ ढङ्गबाट अगाडि बढाउन सकिने सम्भावनाबारे समेत चर्चा गर्नुभएको थियो । “हामीले कसैलाई कारबाही गरेका छैनौँ, निकालेका छैनौँ । पार्टीमा सबैलाई स्वागत छ, नयाँ शिराबाट अगाडि बढ्न सकिन्छ”, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्नुहुँदै सचेतक चौधरीले भन्नुभयो ।

यो समाचार आजको गोर्खापत्र दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.