भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पीसीआरको फन्दाले यस्तो हालत…


  • आश्विन १२, २०७७
  • 334 Views
पीसीआरको फन्दाले यस्तो हालत… image

काठमाडाैं । घरधनीले जसरी भए पनि रिपोर्ट ल्याएर आउनु भनेपछि उनीहरु कोही झोला बिसाएर त कोही झोलै बोकेर टेकु अस्पतालमा सुत्न जान्छन् तर सबैको पालो आउँदैन । पीसीआर रिपोर्ट हाम्रो प्रमाणपत्र रै’छ । बाध्यताले जस्तो पनि दुस्ख सहनुपर्ने रै’छ, हामी गरिब नभएको भए पैसा तिरेर अरु अस्पतालमै गएर पीसीआर गर्थ्यौं।

उनी लाइनको पहिलो नम्बरमा छन् । उभिइरहन कठिन हुने भएकाले चाउचाउको कार्टुनलाई इँटाले अँठ्याएर छेउको सिँढीमा टुसुक्क बसिरहँदा ध्यान घरीघरी भाँडिन्छ, आँखा आफूले ओगटेको त्यही ठाउँमा पुग्छ । अघिल्ला दुई रात लाइन बसेर पनि पालो नपाएपछि राजेश साह शनिबार साँझ ६ बजे नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए ।

पीसीआर परीक्षण गर्न साँझदेखि नै लाइन बसेकाहरु शनिबार राति टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा त्यही लाइनको पहिलो नम्बरमा थिए, सर्लाही बलरा नगरपालिका १ का राजेश साह ९बायाँ माथि०, जसले पीसीआर रिपोर्ट विना काम खोज्नसमेत पाएका छैनन् । आफू एक नम्बरमै भएकाले आइतबार त पक्कै पीसीआर गर्न पाइनेमा उनी ढुक्क थिए तर आफ्नो पालो कसैले मिचिदेला कि भनेर सशंकित पनि थिए । त्यही कारण उनका आँखा बारम्बार आफैंले राखेको इँटामाथि दौडिन्थे ।

सर्लाही बलरा नगरपालिका–१ का राजेश जन्मिँदै उनको घर ऐलानी जग्गामा थियो । जन्मजात ‘सुकुम्बासी’ भएकाले उनले देख्ने सपनाको घेरा पनि फराकिलो छैन । बा–आमाले पेटका लागि संघर्ष गरेको देखेरै हुर्किएका राजेशले १२ वर्षको उमेरदेखि नै साहुको खेत कमाउन जाने र दिनभरि काम गरेबापत जे दिन्छन् त्यही ल्याएर छाक टार्ने गर्थे । त्यसैले ३७ वर्षीय उनी सन्तोकी देखिन्छन्, उनलाई आफ्नै नियतिबाहेक अरू कसैसँग गुनासो छैन । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.