भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रधानमन्त्री प्रचण्ड आज अपरान्ह भारत भ्रमणमा जाँदै


  • जेष्ठ १७, २०८०
  • 291 Views
प्रधानमन्त्री प्रचण्ड आज अपरान्ह भारत भ्रमणमा जाँदै image

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री प्रचण्ड ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित १ सय जना भन्दा बढी सदस्य रहेको जम्बो टोली लिएर भारत भ्रमणमा जान लागेका हुन । प्रधानमन्त्रीमा निर्वाचित भएको ५ महिना पछि दक्षिणी छिमेकी भारत भ्रमणमा जान लागेका उनी २१ गते मात्रै स्वदेश फर्कने छन् ।

उर्जा र व्यापार विषेश प्राथमिकतामा

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री दाहालले समकक्षी मोदीसँग जेठ १८ गते बिहीबार दिल्लीस्थित हैदरावाद हाउसमा विहान ११ बजे दुई पक्षीय भेटवार्ता गर्दैछन्। सोही दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय विदेश मन्त्री एस जयशंकरलगायतसँग पनि भेटवार्ता हुनेछ ।

काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन । यो समाचार राजधानि दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.