DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रधानमन्त्रीलाई रावणको शिक्षा


  • कार्तिक १४, २०७७
  • 440 Views
प्रधानमन्त्रीलाई रावणको शिक्षा image

प्रधानमन्त्री केपी शर्मा ओली जुन वेगमा मुलुकलाई अगाडि बढाउन चाहिरहनुभएको थियो, पार्टीभित्रैबाट प्रतिपक्षको जस्तै बखेडाले उहाँका योजना र कार्यक्रमहरू समयमै पूरा हुनेमा दिनप्रतिदिन चुनौती थपिन थालेका छन् । आउँदो आमनिर्वाचनको समयावधिलाई प्रधानमन्त्रीको कार्यकालबाट हटाउने हो भने उहाँको दुईतिहाइ समय सकिँदै छ । संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्रीको कार्यकालमा ‘स्वप्नदर्शी’को उपमा पाउनुभएका केपी ओलीले दोस्रो कार्यकालको मध्यान्तर पार गरिसक्नुभयो ।

यद्यपि, उहाँ जति समय शासनमा रहनुभयो त्यो नेपालको राजनीतिक इतिहासको विरलै नेतालाई प्राप्त हुने अवसर हो । तथापि, बाह्य र आन्तरिक चुनौतीहरूलाई आफ्नो कार्यकालको पहिलो दिनदेखि नै पर्गेल्दै र छिमल्दै अगाडि बढ्नुभएको छ । प्रधानमन्त्री ओलीको कार्यकालको सुरुको दुई वर्ष नेपालको आर्थिक विकासदर करिब ८ प्रतिशतमा पुगेको थियो । यो राष्ट्रिय वृद्धिदर दक्षिण एसियामा बङ्गलादेशपछिको हो ।

भारतभन्दा पनि नेपाल अगाडि देखिएको थियो तर कोभिड–१९ अर्थात् कोरोना भाइरससँगै नेपालमा आर्थिक वृद्धिदर ओह्रालो लागेको छ । यो विश्वव्यापी महामारीले सरकारलाई यसैमा इङ्गेज ९अल्झाएको० गराएकोमात्र छैन कि मुलुकको मेरुदण्डमा प्रहार गरेको छ । जनजीवनलाई अस्तव्यस्त पारिरहेको छ । यस्तो अवस्थामा पनि आफ्नै पार्टी नेतृत्वका सहकर्मीहरूको व्यवस्थापनमा देखिएको चुनौतीले सरकारले जुन गति लिनुपर्ने हो, त्यो गति लिन सकेको छैन । वैदेशिक रोजगारीमा रहेका नेपाली युवा विश्व अर्थतन्त्रमा परेको गहिरो प्रभावपछि धमाधम स्वदेश फर्कनेक्रममा छन् ।

कोरोनाका कारण देशभित्रको आर्थिक गतिविधि सुस्ताउँदो छ । बेरोजगारी तीव्र गतिमा बढिरहेकोमात्र छैन कि विश्वका अरू देशहरूमा जस्तै अनेक आर्थिक एवम् सामाजिक समस्या र उल्झनहरू देखापरिरहेका छन् । कोरोना प्रभावित देशहरूले त्यस्ता प्रभावलाई सम्बोधन गर्दै विशेष कार्यक्रमहरू बनाइरहेका छन् । कतिपयले त कार्यान्वयनमा पनि ल्याएको देखिँदै छ । नेपालमा पनि थप नयाँ रणनीतिक कार्यक्रमहरू अल्पकालीन र दीर्घकालीन रूपमा सुरुवात गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । विदेशमा उत्पादित सामानको बजार हाम्रो देशलाई बनाउने वित्तीय पुँजीवाद होइन कि स्वदेशी कच्चा पदार्थलाई औद्योगिक माल बनाउने औद्योगिक पुँजीवाद यहाँ आवश्यक छ ।

किनभने उद्योगको ‘फरवार्ड÷व्याकवार्ड लिङ्केज’ हुन्छ । सरकारले जतिसक्दो छिटो जनता र पार्टीलाई अगाडि राखेर खरो बनेर प्रस्तुत हुनु जरुरी छ । यस्तो अवस्थामा स्पष्ट खाकासहित अगाडि बढ्नु आवश्यक हुन्छ । यो स्वास्थ्य, आर्थिक तथा सामाजिक सङ्कटको विकराल अवस्था हो । यसलाई भुल्न हुँदैन र कम आँक्न पनि मिल्दैन । तर, नेकपा पनि काँग्रेस र अन्य पार्टीजस्तै घरकलहमा हेलिएको छ । यो अलमलले नेकपालाई कहीँ पु¥याउँदैन सिवाय आगामी चुनावमा प्रतिपक्षमा । नेकपा अलोकप्रिय भयो भने सबैले के कुरा गाँठो बाँधे हुन्छ भने, त्यो पराजय सबैको पराजय हुनेछ ।

प्रचण्ड, माधव, झलनाथ, वामदेव, सुवाष, सुरेन्द्रको मात्र होइन, ईश्वर, विष्णु, शङ्कर, नारायणकाजी, जनार्दन, घनश्याम, योगेश, वर्षमान, हरिबोल, शक्ति, पृथ्वी, भीम, शिवमाया, अष्टलक्ष्मी, लीलामणि, मातृका यी सबैको झन् ठूलो पराजय हुनेछ किनभने प्रधानमन्त्री ओलीले आगामी चुनाव नलड्ने घोषणा गरिसक्नुभएको छ । अहिलेकै जस्तो अलमल र अन्योल नेकपामा रहिरहे समाज रूपान्तरणको गतिलाई नै अवरोध पु¥याउनेछ । यो नेपाली जनताले दिएको दुइतिहाइ मतको अपमान हुनेछ । दुईतिहाइ सङ्घमा मात्र होइन, प्रदेश र स्थानीय तहमा पनि दिएकै छन् ।

यो अवस्था केपी ओलीले भरमग्दुर प्रयत्न र राजनीतिक जोखिम मोलेर गरेको एमाले र एमाओवादीको एकीकरण नेकपाकै कारण फितलो र औचित्यहीन साबित हुनेछ । इतिहासमै दुर्लभ कम्युनिस्ट पार्टीलाई प्राप्त यो अवसर आपसी स्वार्थ, लाभ, पद र बिचौलियाहरूको प्रभावका कारण ‘नारायणहरि’ हुन सक्ने सङ्केत देखिँदै छ । यसो भयो भने दुई वामपन्थी पार्टीको एकता ७० वर्षदेखिको सपना र प्रार्थनाको अपमान ठहरिनेछ । नेपाली जनताप्रति ठूलो धोका हुनेछ । गोरखापत्रबाट…

 


Thali Mobile Pvt.Ltd.