भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

फुटबलका महान खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन


  • पुष १५, २०७९
  • 214 Views
फुटबलका महान खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन image

काठमाडौं । फुटबलका महान खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । ब्राजिललाई तीनपटक विश्वकप उपाधि दिलाएका पेलेको किड्नी तथा मुटुमा समस्या रहेको थियो । पेले क्यान्सरबाट पनि ग्रसित थिए  । २९ नोभेम्बरमा पेलेलाई अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा अस्पतालमै निधन भएको हो ।

गत महिना नियमित चेकअप गर्न पेले अस्पताल पुगेका थिए । त्यहाँ नै उनको स्वास्थ्य अवस्था बिस्तारै बिग्रँदै गएको थियो । पेलेको स्वास्थ्यमा कुनै सुधार नआएपछि अस्पतालले उनलाई आइसियूमा राखी उपचार गरेको थियो । आइसियूमा पनि केही सुधार नआएपछि उनलाई विशिष्ट प्रविधियुक्त कक्षमा राखी उपचार गरिएको थियो  ।

कतारमा विश्वकप सुरु हुनु दुई साताअघि पेलेले ब्राजिलियन टोलीलाई शुभकामना दिएका थिए । ब्राजिलियन खेलाडीलाई छैटौँपटक विश्व च्याम्पियन बन्न सन्देश दिँदासम्म पनि पेलेको स्वास्थ्यमा केही खराबी आएको थिएन । सन् १९५८, १९६२ र १९७० मा पेलेले ब्राजिललाई विश्वकप उपाधि दिलाएका थिए । उनले ब्राजिलियन टोलीबाट ९१ अन्तर्राष्ट्रिय खेलमा ७७ गोल गरेका छन् । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.