भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बस दुर्घटना हुँदा एक जनाको मृत्यु ४ जना घाईते


  • जेष्ठ १०, २०७९
  • 434 Views
बस दुर्घटना हुँदा एक जनाको मृत्यु ४ जना घाईते image

कैलाली। कैलालीमा सोमबार साँझ बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक लम्कीचुहा–२ का २० वर्षीय पारस खत्री रहेको प्रहरीले जनाएको छ । जिल्लाको घोडाघोडी नगरपालिका –१० आमखैया स्थित महेन्द्रराजमार्गमा बसको ब्रेकफेल भई नालीमा बस पल्टिएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकास जोशीका अनुसार कर्णाली रिभर्र साईडको ना५ख ८६९१ नम्बरको बस बे्रकफेल भई नालीमा बस पल्टिदा बसमा सवार १० जना मध्ये ५ जना घाईते भएका थिए । घाईतेहरुको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भईरहेकोमा गम्भिर घाईते दुईजनालाई थप उपचारकालागि कोहलपुर मेडिकल कलेज पठाइएको थियो ।

गम्भिर घाईते मध्ये खत्रीको गयराती नै कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ भने अर्का सहचालक १८ वर्षीय सन्दिप घर्तिमगरको कोहलपुरमै उपचार भैरहेको छ । बसचालक बसन्त बिक ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रमा लिई आवस्यक कारवाही प्रकृया अघि बढाएको प्रवक्ता जोशीले जानकारी दिनुभयो । गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.