भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बाटोमै जन्म, बाटोमै मरण


  • माघ ११, २०७७
  • 793 Views
बाटोमै जन्म, बाटोमै मरण image

बाजुरा । बूढीनन्दा नगरपालिका–७ की ५३ वर्षीया बिस्ना गुरुङले १५ सन्तान जन्माइन्। उनले यी सबै बच्चा हिउँदमा चिसो छल्न बेंसी र वर्षात्मा भोट (चीन)तिर जाने क्रममा बाटोमै जन्माएकी हुन्। तर, सात जनाको बाटोमै मृत्यु भएको उनले सुनाइन्। बूढीनन्दाकै वडा नम्बर ८ की ३८ वर्षीया डोमा गुरुङले बाटोमै ११ बच्चा जन्माइन् ।

तर, उनीसँग तीन बच्चा मात्र साथमा छन्। ८ जनाको बाटोमै मृत्यु भएको उनले सुनाइन्। बसाइ सर्दा चिसो हुने र बच्चा पाउँदा विभिन्न समस्या हुने भएकाले बचाउन नसकेको उनको भनाइ छ । बिस्नाकै गाउँले तनी थापाले ७ सन्तानलाई बाटोमै जन्म दिइन्। तीमध्ये पाँच जनाको मृत्यु भयो। बाटोमा चिसो र स्याहार नपुग्दा घर फर्किंदासम्म मृत्यु भएको उनले बताइन्।

उनले सुत्केरीका बेला न सन्तुलित खाना पाइन् न त आराम गर्न नै १ एकातिर आफ्नो स्वास्थ्य कमजोर भएको र अर्कातिर बच्चालाई जोगाउन नपाएको उनले दुखेसो पोखिन्। हिमाली गाउँपालिका–३ बौडीकी जौमा थापा सपरिवार कात्तिक अन्तिम साता चिसो छल्न अछामतिर बसाइ सरिन्। उनकी पाँच महिनाकी छोरी बाटोमा बिरामी परिन्। त्यसको एक–दुई दिनमै छोरीको बाटोमै मृत्यु भयो।

त्यसअघि दुई बच्चा जन्माएकी उनले पहिलो सन्तान वर्षात्मा चीनतिर जाँदा गुमाउनुपरेको उनले बताइन्। बाजुराका भोटे जनजाति तथा भेंडापालक किसान परिवार चिसो छल्न र भेंडा चरिचरनका लागि लेक–बेंसी गर्छन्। लेक–बेंसी गर्दा धेरै शिशुको बाटोमै मृत्यु हुने गरेको नेपाल भोटे जनजाति महासंघका केन्द्रीय अध्यक्ष बुद्धिसिंह भोटेले बताए।

महासंघका केन्द्रीय पार्षद नृप थापा (भोटे)का अनुसार भेंडा, च्यांग्रा र सपरिवार हिउँदका ६ महिना बेंसी झर्ने भएकाले अधिकांश महिलाले बाटोमै बच्चा जन्माउने गरेका हुन्। तीमध्ये धेरै बच्चाको बाटोमै मृत्यु हुने गरेको थापाको भनाइ छ। धेरै बच्चा पाउने भएकाले यी समुदायका महिलाको स्वास्थ्य कमजोर हुँदै गएको छ। कडा परिश्रम गर्नुपर्ने बाध्यताका कारण आराम गर्न नपाएको तनीले बताइन्।

आफूले भारी बोक्नेदेखि सबै काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। बाजुरा, बझाङ, मुगु, हुम्ला, जुम्लाका बासिन्दा मौसमी बसाइ सर्ने गरेका छन्। यी जिल्लाका महिलाले बसाइ सर्ने क्रममा बाटोमा बच्चा जन्माउने गरेका छन्। रहर नभएर बाध्यताले यस्ता समस्या भोग्दै आएको पाण्डुसेन बस्ने लछु बोगटीले बताइन्।

‘घरमा खान पुग्दैन, भेंडा लिएर औलतिर जान्छौँ। भेडामार्फत सामान बोकेर परिवार पाल्छौँ’, उनले भनिन्, ‘अनि, बाटोमै बच्चा नजन्माएर कहाँ जन्माउने ?’ यी महिला गर्भवती भएको समयमा स्वास्थ्य चौकीको पहुँचमा पुग्न सकेका छैनन्। कुनै खोपसमेत नलगाउने गरेको उनीहरू बताउँछन्।

बाजुराको उत्तरी क्षेत्रका बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र सदरमुकाम रहेको बडिमालिका नगरपालिकामा भोटे जनजातिको बसोबास छ। यी स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा यो समुदायका गर्भवती महिला कम आउने गरेका स्वास्थ्यकर्मीले बताउने गरेका छन्। अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.