भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बैंक र बिमामा बढ्यो ज्येष्ठ नागरिकको पहुँच


  • आश्विन १८, २०७८
  • 441 Views
बैंक र बिमामा बढ्यो ज्येष्ठ नागरिकको पहुँच image

काठमाडौं । सरकारले वृद्धभत्ता बैंकिङ प्रणालीबाट मात्रै दिने व्यवस्था गरेसँगै ज्येष्ठ नागरिकले धमाधम बैंक खाता खोलेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा ३ करोड १८ लाख खोलिएका छन्। राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले २०७७ जेठमा वित्तीय पहुँचबारे गरेको अध्ययनले १७ लाख ९२ हजार खाता ७० वर्षमाथिका उमेर समूहको छ।

यसमध्ये पुरुष ९ लाख ८२ हजार र महिलाको ७ लाख ३३ हजार छन्। खाता खोलेका ज्येष्ठ नागरिकमध्ये १.४९ प्रतिशतले मात्रै इन्टरनेट बैंकिङ प्रयोग गरेका छन्। एटीएम कार्ड प्रयोगकर्ता ३.५७ प्रतिशत छ। मोबाइल बैंकिङ १२.९ प्रतिशत छ। बैंकले वृद्धभत्ता प्रयोजनको खातामा औंठाछाप लगाउनेलाई एटीएम कार्ड दिँदैन। एनआईसी एसियाको ढुंगेअड्डा शाखाकी एक कर्मचारीले औंठाछाप लगाउनेले चेकमार्फत भत्ता बुझ्न स्वयम् बैंक नै धाउनुपर्ने बताइन्। उनका अनुसार यस्तो नागरिकलाई प्रविधिको प्रयोग गर्न नसकिने र अरूले पैसा निकाल्ने जस्ता दुरुपयोग हुन सक्ने भएकाले नदिइएको हो।

विराटनगर मुनाल पथकी ८१ वर्षीया मनमाया कोइरालालाई परिवारले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिदिएका छन्। यो खाता वृद्धाभत्ता लिनैपर्ने भएकाले खोलेको बताउँछिन्। उनी सामान्य साक्षरसमेत छैनन्। अक्षर चिन्दिनन् तर पैसाको कारोबारमा भने खप्पिस छन्। ‘आफूले केही जान्दिनँ टाठोबाठो मान्छे नभए कागजात बनाउन सकिँदैन। यसैले खाता खोल्न परिवारको सहायता लिएँ,’ उनले भनिन्।

स्वास्थ्य बिमामा १२ प्रतिशत ज्येष्ठ नागरिक
बिमाको पहुँच विस्तार गरेसँगे ४५ लाख ५२ हजार ९ सय ११ जना नागरिक सहभागी भएका छन्। यसमध्ये ५ लाख ३२ हजार ६ सय ३७ ज्येष्ठ नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन्। यो कुल बिमितको करिब १२ प्रतिशत हो। ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले बिमाको प्रिमियम बुझाउनु पर्दैन तर कार्ड बनाउनु पर्छ। उक्त कार्डले परिवारको सदस्यसहित भएमा सो सुविधाबाहेक ज्येष्ठले छुट्टै एक लाखको उपचार खर्च पाउँछन्।

स्वास्थ्य बिमा नियमावली २०७५ ले ज्येष्ठ नागरिकका लागि सरकारले नै बिमा प्रिमियम तिरिदिने गरी छुट्टै एकाइको रूपमा वार्षिक एक लाख बराबरको स्वास्थ बिमाको व्यवस्था गरेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ। यस्ता सुविधा सरकारले दिए पनि अधिकांश ज्येष्ठ नागरिक र उनका परिवार अनविज्ञ छन्। यद्यपि, ज्येष्ठ नागरिक अस्पतालमा यो सुविधा परिवारको सहयोग बिना लिन नसकेको बताउँछन्।

आजको अन्नपूूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.