भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भागबन्डा पुर्‍याउन फेरि मन्त्रालय फुटाउने खेल


  • आश्विन १२, २०७७
  • 548 Views
भागबन्डा पुर्‍याउन फेरि मन्त्रालय फुटाउने खेल image

काठमाडौं । प्रधानमन्त्री ओलीले भाग पुर्‍याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने तयारी गरेका छन् । रेल मन्त्रालय थप्ने अथवा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय फुटाउने तयारी पनि अघि बढेको छ ।

प्रधानमन्त्री केपी ओलीले भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । विज्ञले भने मन्त्रालयको संख्या बढीमा १६ हुनुपर्ने सुझाव दिएका छन् । भाग पुर्‍याउन मन्त्रालय फुटाउनु संविधानको भावनाविपरीत हुने उनीहरूको भनाइ छ । सार्वजनिक खर्च कटौती तथा प्रशासनिक पुनःसंरचनाका लागि विभिन्न समयमा गठन गरिएका आयोग तथा समितिले मन्त्रालयको संख्या घटाउन सुझाव दिएका छन् ।

ओली नेतृत्वको सरकारले नै गठन गरेको सार्वजनिक खर्च पुनरवलोकन आयोगले पनि मन्त्रालयको संख्या १६ मा झार्न सुझाव दिएको छ । यी सबै सुझावको प्रतिकूल हुनेगरी नेकपा सरकारले मन्त्रालयको संख्या बढाउन तयारी गरेको छ । हाल मन्त्रालयको संख्या २१ छ । त्यसमा प्रधानमन्त्री कार्यालय जोड्ने हो भने २२ पुग्छ । स्रोतका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने तयारी भएको छ ।

अर्को एउटा नयाँ मन्त्रालय थप्ने तयारी पनि भएको स्रोतको भनाइ छ । नयाँ मन्त्रालय थपिएन भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय फुटाउने तयारी भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार रेल मन्त्रालय थप्ने विषयमा पनि आन्तरिक छलफल भएको छ । नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.