भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भारत र चीनका नेताको नेपाल भ्रमण बाक्लिँदै


  • श्रावण ८, २०८०
  • 245 Views
भारत र चीनका नेताको नेपाल भ्रमण बाक्लिँदै image

काठमाडौं । पछिल्लो समय दुई छिमेकी भारत र चीनका नेताको नेपाल भ्रमण बाक्लिँदै गएको छ । भारत र चीनका नेताको नेपाल भ्रमण बाक्लिनुका साथै सम्बन्ध विस्तारका लागि भन्दै नेपालका नेताको समेत छिमेकी मुलुकको भ्रमणमा बढ्दै गइरहेको छ ।

आइतबार चीनका नेता काठमाडौं आए । आइतबार नै नेपालका केही नेता नयाँ दिल्ली पुगेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन च्या च्युन नेतृत्वको एक टोली तीनदिने शिष्टाचार नेपाल भ्रमणका लागि काठमाडौं आएको हो ।

अर्कातर्फ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको एक टोली भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेको छ । भारतीय जनता पार्टी ९भाजपा०का अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा ६ दिने भारत भ्रमणमा भुसालको टोली दिल्ली पुगेको छ ।

भाजपा विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेका अनुसार भुसाल नेतृत्वको टोली ‘भाजपा चिन्नुहोस्’ कार्यक्रममा सहभागी हुनुका साथै उतराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी एवं भाजपाका अन्य नेतासँग समेत शिष्टाचार भेटघाट हुनेछ ।

नयाँदिल्ली भ्रमणमा रहेको टोलीमा माओवादी केन्द्रकी उपाध्यक्ष भुसालका साथै सचिव चक्रपाणि खनाल, स्थायी कमिटी सदस्य सत्या पहाडी, केन्द्रीय सदस्य रामेश्वर राय यादव र सुरेशकुमार राई रहेका छन् । यसअघि भाजपा नेताहरूले नेपाल भ्रमण गरिसकेका छन् ।

दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपाध्यक्ष भुसालले भ्रमण दुई पार्टीबिचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित हुने बताइन् । ‘मुख्यतः भाजपा र हाम्रो पार्टीगत सम्बन्धलाई सृदृढ पार्ने कुरा हो’ भुसालले भनिन्, ‘हामी सबैतिर सुमधुर सम्बन्धमा छौं । चिनियाँ कम्युनिस्ट पार्टीसँग भाइचारा सम्बन्ध र भाजपासँग मैत्री सम्बन्ध हो ।’ उनका अनुसार छ दिने भ्रमणमा भाजपाको केन्द्रीय नेतृत्वसँग अन्तत्र्रिmया र छलफल गर्ने कार्यक्रम छ ।

केही समयअघि मात्रै माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको एक जम्बो टोली चीन भ्रमण गरेको थियो । नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गर्नुका साथै आइतबार नै इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल माध्यमबाट संवाद गरेको छ ।

नेपाल भ्रमणमा आएका युआनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा। सुरेश चालिसेले बताए ।

भेटवार्तामा राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । युआन श्रीलंकाको भ्रमण सम्पन्न गरी आइतबार नै काठमाडौं आइपुगेका हुन् । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो भने परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापालगायतको सहभागिता थियो ।

प्रधानमन्त्री प्रचण्डसँगको संवादमा चिनियाँ टोलीलाई नेपाल भ्रमणमा आएकोमा स्वागत गरिएको छ । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रचण्डको सचिवालले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन कृषिमन्त्री डा। बेदुराम भुसालसहितको टोली लिएर इटालीको रोम गएका थिए ।

भारत र चीनका नेताको काठमाडौं भ्रमण बाक्लिँदै जानुअघि गत २९ असारमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आएका थिए । काठमाडौं आएका लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को परियोजना सम्झौता नेपालमा कार्यान्वयन हुँदै गइरहेको भन्दै सम्झौताका लागि धन्यावाद व्यक्त गर्दै यहाँका शीर्ष नेतासँग भेटघाट गरेका थिए । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.