DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भैरहवामा बस, कार र मोटरसाइकल एकआपसमा ठोक्कियो : १ जनको मृत्यु १३ घाइते


  • मंसिर २२, २०८१
  • 212 Views
भैरहवामा बस, कार र मोटरसाइकल एकआपसमा ठोक्कियो : १ जनको मृत्यु १३ घाइते image

कपिलवस्तु । भैरहवा तौलीहवा सडक खण्डको लवनी नजिक बस, कार र मोटरसाइकल एक आपसमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १३ जना घाइते भएका छन् ।

भैरहवाबाट तौलिहवा जाँदै गरेको लु २ ख २३१ नम्बरको बस, बा १४ च ७४४८ नम्बरको कार र लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

कार चालकको घटना स्थलमा मृत्यु भएको छ । मृतक कार चालकको सनाखत भएको छैन । कारमा सवार बाँकी २ जना गम्भीर घाइते भएका छन् ।

बसमा सवार ४ जनाको स्थानीय अलशेख हस्पिटलमा उपचार भइरहेको छ। ६ जना घाइतेको भैरहवामा उपचार भइरहेको छ ।

मोटरसाइकलमा सवार २ जनाको भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्नपूर्ण दैनिकबाट

 


Thali Mobile Pvt.Ltd.