भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भोलिदेखि मेलम्चीको पानी बन्द


  • बैशाख ३१, २०८०
  • 200 Views
भोलिदेखि मेलम्चीको पानी बन्द image

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट ल्याएर काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको खानेपानी भोलिदेखि बन्द हुने भएको छ । मेलम्ची खोलास्थित पानीको मुहानमा आवश्यक मर्मत सम्भार गर्नका लागि १ जेठदेखि केही समयका लागि पानी बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई साताका लागि पानी वितरण बन्द हुने बताएका छन् । सामान्य बाढी आएका बेला आयोजना सञ्चालनमा नै राख्नेगरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिएका छन् ।

गत मंसिर अन्तिम साता मेलम्चीको खानेपानी आधा वर्षपछि पुनः काठमाडौं उपत्यकाका बासिन्दाका धारासम्म ल्याएर वितरण थालिएको थियो । पछिल्लोपटक २०७७ साल चैत दोस्रो सातादेखि काठमाडौं उपत्यकामा खानेपानी वितरण सुरु भएको थियो । तर, २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले संरचनामा नै क्षति पु-याएपछि खानेपानी वितरण बन्द गरिएको थियो ।

त्यसपछि बाढीले क्षति गरेको संरचना मर्मत गरेर अस्थायी रुपमा बनाएको संरचनामार्फत २०७९ वैशाख ११ मा पुनः पानी वितरण गरिएको थियो । सवा एक महिना पानी वितरण गरेपछि बाढीबाट सुरुङलाई जोगाउन भन्दै पुनः पानी वितरण बन्द गरिएको थियो । आयोजनाले वर्षा सकिएपछि मेलम्चीको पानी सुरुङमा प्रवेश गराएको हो भने शुक्रबारदेखि काठमाडौं उपत्यकाका धारामा वितरण सुरु गरिएको थियो ।

योपटक वर्षा सुरु हुनै लाग्दा आयोजनाले सामान्य अवस्थामा नै खानेपानी बन्द नगर्ने गरी मर्मत सम्भार गर्न लागेको हो ।
मेलम्ची आयोजनाको सुरु विस २०५८/५९ मा नै भएको थियो । आयोजना सुरु गर्दा २०६४/६५ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्माणमा ढिलासुस्ती, राजनीतिक अस्थिरता, नाकाबन्दी, भूकम्प, कोरोनालगायतका कारण निर्माणको अवधि पटक पटक थपिन पुगेको थियो ।

मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरणपूर्व ठूलो संख्यामा उपत्यकाबासीले खानेपानीका लागि निजी ट्यांकीको भर पर्नुपर्ने अवस्था रहँदै आएको थियो । मेलम्चीको पानी वितरणपछि भने खानेपानीको केही सहजता पैदा हुँदै आएको छ ।

राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.