भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘भ्रष्टाचार गर्दिनँ गर्न पनि दिन्नँ, भ्रष्टाचारी विरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ’


  • आश्विन ४, २०७७
  • 501 Views
‘भ्रष्टाचार गर्दिनँ गर्न पनि दिन्नँ, भ्रष्टाचारी विरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ’ image

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताद्वारा, जनताका लागि जननिर्वाचित प्रतिनिधिबाट लेखिएको वर्तमान संविधान सबै नेपाली अटाउने गतिशील दस्तावेजको ‘मियो’ भएको बताउनु भएको छ ।

‘छैटौँ संविधान दिवस एवम् राष्ट्रिय दिवस–२०७७’ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुुहुुँदै प्रधानमन्त्री ओलीले कुनै आशङ्का वा अस्पष्टता छन् भने संवादका माध्यमबाट तिनलाई हटाउन सरकार सदैव तयार रहेको स्पष्ट पार्नुभयो । ‘लोकतन्त्र प्राप्तिको सात दशकभन्दा लामो सङ्घर्षमा हामीले सामन्ती प्रतिक्रियावादी राज्य सत्ताविरुद्ध जनतालाई परिचालित ग¥यौँ,’ उहाँले स्पष्ट पार्नुुभयो, ‘‘जनताको सङ्घर्ष र बलिदानलाई साकार पार्न सबै दल÷समूहहरू राष्ट्रिय मूलधारमा सामेल भई सिर्जनशील र रचनात्मक बन्न जरुरी छ ।’’

मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले २०७२ असोज ३ गते संविधान सभाबाट नयाँ संविधान जारी भएकै दिनदेखि ढाल्नुपर्ने र फाल्नुपर्ने राज्य व्यवस्था सधैँका लागि समाप्त भइसकेको बताउनुभयो । वर्तमान राज्य व्यवस्था सुदृढ गर्नुको साटो विगतको निरङ्कुश प्रणालीलाई झैँ यसविरुद्ध जानीनजानी माहोल खडा गर्नु कुनै पनि हालतमा उचित नहुने भन्दै प्रधानमन्त्री ओलीले नयाँ ‘राज्य प्रणाली’मा खाल्डा-खुल्डी भए आफू सम्याउन तयार रहेको स्पष्ट पार्नुभयो ।

सरकारले महामारीलाई चुनौतीका रूपमा नभई अवसरमा उपयोग गरी चालू आर्थिक वर्षको बजेटमार्फत मुलुकभर स्वास्थ्य पूर्वाधार सुधार योजना कार्यान्वयनमा ल्याएको स्मरण गराउँदै उहाँले महामारी नियन्त्रणका लागि चालिएका कदम उराँठलाग्दो नभई उत्साहजनक देखिएको बताउनुभयो । सुशासन र पारदर्शिता विकास निर्माणको अत्यावश्यक सर्त हो, अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतीपूर्ण रहेको छ भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ । भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।’’ गोरखापत्रबाट…

 


Thali Mobile Pvt.Ltd.