भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मधेसमा राइडर गनको प्रभाव


  • श्रावण ५, २०७९
  • 353 Views
मधेसमा राइडर गनको प्रभाव image

महोत्तरी । मधेस प्रदेशमा ट्राफिक प्रहरीले सीसीटीभी विथ राइडर गनको माध्यमले तीव्र गतिका सवारीसाधनलाई कारबाही गर्दै आएको छ। मधेस प्रदेश सरकारको सहयोगमा गत फागुनदेखि ट्राफिक प्रहरीले सीसीटीभी विथ राइडर गनको माध्यमबाट सवारीसाधनमाथि निगरानी गर्दै आएको छ।

महोत्तरीको बर्दिवास, सिरहाको लहान, सप्तरीको भारदह, बाराको निजगढ र पथलैयामा गरी ५ स्थानमा सीसीटीभी विथ राइडर गन जडान गरिएको ट्राफिक प्रहरी कार्यालय बारा पथलैयाले जनाएको छ। आर्थिक वर्ष २०७८ र ०७९ को पछिल्लो चार महिना अर्थात चैत्रदेखि असारसम्मको कारबाही रेकर्ड गरिए अनुसार उल्लेखनीय मात्रामा प्रगति भएको पाइएको छ।

प्रहरी कार्यालय बारा पथलैयाका अनुसार कारबाही संख्या २२५ प्रतिशतले वृद्धि भएको छ भने राजश्व संकलन २२३ प्रतिशतले वृद्धि भएको छ । ट्राफिक प्रहरीले गत वर्षको तुलनामा १७.२ प्रतिशतले राजश्व वृद्धि गरेको छ । गत आर्थिक वर्ष २०७८ र ०७९ मा २२ करोड ४४ लाख ४० हजार ५ सय राजश्व रकम संकलन गर्न सफल भएको हो। प्रदेशभरिमा २ लाख ६४ हजार ३ सय १० वटा कारबाही प्रक्रियामार्फत सो रकम संकलन गर्न सफल भएको हो। आर्थिक वर्ष २०७७ र ०७८ को तुलनामा १७.२ प्रतिशतले वृद्धि रहेको छ। आव २०७७ र ०७८ मा प्रहरीले २ लाख ५९ हजार १ सय ८८ वटा कारबाही प्रक्रियामार्फत १९ करोड १६ लाख ३७ हजार राजश्व असुलेका थिए।

प्रहरीले प्रदेशभरिमा ट्राफिक व्यवस्थापनका साथै दुर्घटना न्यूनीकरणका लागि रणनीति योजना तर्जुमा गरी नियन्त्रण र कारबाहीको शिलशिला एकसाथ सञ्चालन गर्दै आएको सूचना अधिकृत तथा प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

अन्नपूर्ण पाेष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.