भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मनसुनका २१ दिनः ३३ जनाको मृत्यु, ३० बेपत्ता : महेश्वर गौतम


  • असार १८, २०७८
  • 584 Views
मनसुनका २१ दिनः ३३ जनाको मृत्यु, ३० बेपत्ता : महेश्वर गौतम image

काठमाडौं । मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो । गृह मन्त्रालयले बिहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको अवधिमा देशभर आएका बाढी तथा पहिरोका घटनामा परेर ३३ जनाको ज्यान गएको हो । यस्तै यो अवधिमा ३० जना विभिन्न घटनामा परेर बेपत्ता भएका छन् भने ३० जना नै घाइते भएका छन् ।

मनसुनको समयमा पहाडका जिल्लामा पहिरो र तराईका जिल्लामा बाढी तथा डुबान र कटानको समस्या देखिँदै आएको छ । सरकारले तराई र पहाडका जिल्लामा बाढीको पूर्वानुमान गर्न सकिने गरी क्षति घटाउन प्रयत्न गर्दै आए पनि कतिपय स्थानमा पूर्वानुमान नै गर्नै मुस्किल पर्दै आइरहेको छ । सरकारले यसैवर्षदेखि पहिरोको पूर्वानुमान गर्न सकिनेगरी पहाडका नौ जिल्लामा प्रविधि जडान गरेको छ । यो अवधिमा बाढी, पहिरो तथा डुबान र कटानबाट ४ सय ७५ घरमा आंशिक क्षति भएको छ भने १ सय १२ घरमा पूर्णरूपमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा पाँच जनाले बाढी तथा पहिरोमा परेर ज्यान गुमाएका छन् भने डोटीमा चार जनाको ज्यान गएको छ । यस्तै, रोल्पामा पहिरोमा परेर तीन जनाको ज्यान गएको छ भने प्युठानमा पहिरो, रौतहटमा बाढी, तनहुँ र चितवनमा पहिरोका घटनामा परेर दुई÷दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालिकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एक÷एक जनाको ज्यान गएको छ । यस्तै, जुम्लामा हिम पहिरोमा परेर एक जनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले कतिपय स्थानमा भौगोलिक अवस्थाका कारण अनुमान गर्न नै मुस्किल पर्ने गरेको बताए । उनले केही दिनअघि सिन्धुपाल्चोकमा आएको बाढी पूर्वानुमानभन्दा बाहिर रहेकोसमेत जानकारी दिए । ‘हाम्रो भौगोलिक बनावटका कारण कतिपय स्थानमा अनुमान गर्न पनि मुस्किल हुँदै आएको छ, मेलम्चीमा त्यस्तै भयो, कहिलेकाँही कुन ठाउँ सुरक्षित कुन ठाउँ असुरक्षित भन्ने छुट्याउन नै समस्या हुने गरेको छ ।’ प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले राजधानीसँग भने ।

उनले यस वर्ष हिमाली क्षेत्रबाट पानी पर्न सुरु गरेकाले मनसुनमा पनि जलवायु परिवर्तनको असर देखिएको बताए । ‘पहिलो तराईमा पानी झर्नुपर्ने, त्यसपछि पहाड हुँदै हिमालतर्फ पानी झर्नुपर्नेमा यसपटक उल्टो भइरहेको छ, जलवायु परिवर्तनले मनसुनको चक्रलाई नै उल्टो बनाएको छ,’ पोखरेलले भने । उनले केही स्थानमा बस्ती कस्तो ठाउँमा बसाल्ने भन्ने तयारी नहुँदा र केही स्थानमा भारवहन नहेरी घर बनाउँदा पनि मनसुनको समयमा बाढी तथा पहिरोको जोखिम बढ्ने गरेको बताए । यी विषयमा व्यक्तिले गरेका गल्तीका कारण पनि पछुताउनुपर्ने अवस्था हरेक वर्ष देखिने गरेको उनले भनेका हुन् । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.