भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मनाङमा बाढी : चार टहरा र पक्की पुल बगायो, ६ घर विस्थापित


  • जेष्ठ १५, २०७८
  • 546 Views
मनाङमा बाढी : चार टहरा र पक्की पुल बगायो, ६ घर विस्थापित image

बेंसीसहर । बुधबार रातिदेखिको वर्षाले स्थानीय खहरे खोलामा आएको बाढीले हिमालपारीको मनाङ सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा पारेको छ। शुक्रबार दिउँसो घट्टेखोलामा आएको बाढीले ४ टहरा र एक पक्की पुल बगाएको छ। २ किलोमिटर सडक क्षतविक्षत बनाएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीले केही पक्की घरहरुको जग हल्लाएको र आँगन बगाएको बताए।

एभरेष्ट होटलको शौचालय, कुखुराको खोर बगाएको र मुख्य भवनको जग धरापमा पारेको लामिछानेले बताए। उनका अनुसार बाढीका कारण दर्जनौ घरहरु जोखिममा परेका छन्। बाढीबाट विस्थापित परिवारलाई चामे गाउँपालिकाको भवनमा, लोकप्रिय मावि र आफन्तकोमा राखिएको छ। मनाङको चामे बजारमा बाढी पसेकाले नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयले बाढी नियन्त्रण गरेका थिए। वर्षा जारी रहेकाले जोखिम कायमै रहेको उनले बताए।

सदरमुकाममा एक्कासी बाढी चलेपछि स्थानीय त्रसित बनेका छन्। ‘यतिबेला मनाङमा सञ्चार छैन, खानेपानी छैन, विद्युत, टेलिफोन केही छैन’ प्रारम्भिक कक्षा पढाइ कार्यक्रम मनाङका जिल्ला संयोजक मनोज सुवेदीले भने, ‘पानी पर्न नरोकिएकाले सबैजना डराई डराई बस्नुपरेको छ।’ बढीले बिहीबार तिमाङखोला र स्यार्कुखोलाको काठको पुल बगाएको थियो। पुल बगाउँदा बेसीशहर–चामे सडकखण्ड अबरुद्ध बनेको छ। पुल बगाएपछि तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन्।

दुईवटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको स्थानीय कमल गुरुङले बताए। तिमाङखोलाको काठेपुल गत वर्षको बाढीले पनि बगाएको थियो। निरन्तरको वर्षासँगै आएको बाढीले तिमाङखोलामा निर्माण गरिएको बेलिब्रिज पुलसमेत जोखिममा रहेको छ। गुरुङका अनुसार बाढीले स्यार्कुखोला लघु जलविद्युत आयोजनाको ३० मिटर कुलो, बाँध, ह्युमपाइप, घट्टासमेत बगाएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट……

 

 


Thali Mobile Pvt.Ltd.