भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडक अवरूद्ध


  • असार ८, २०८०
  • 245 Views
महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडक अवरूद्ध image

दार्चुला । गएरातिको वर्षाका कारण सडकमाथिको ढुंगामाटो खसेपछि महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडक खण्ड अवरूद्ध भएको छ । सडक अवरूद्ध भएपछि लामो तथा छोटो दूरीका यातायात अवरूद्ध भएका छन् ।

उक्त सडक खण्डको महाकाली नगरपालिका ८ असिगडामा माथिबाट भलले बगाएर ल्याएको ढुंगामाटो सडकमा जम्मा भएपछि सडक अवरूद्ध भएको स्थानीय भोजराज जोशीले बताए ।

उनले दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको गाडी बिहानैबाट असिगडामा रोकिएको र स्थानीय रूटमा चल्ने गाडी पनि गन्तव्यमा जान नसकिरहेको जानकारी दिए । नगरपालिकाले छिटो स्काइभेटर लगाएर ढुंगामाटो हटाए सवारी साधन आवतजावत गर्न सजिलो हुने उनको भनाइ छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.