भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

महानगरका भोकाहरूलाई नि:शुल्क खाना


  • भाद्र १७, २०७७
  • 504 Views
महानगरका भोकाहरूलाई नि:शुल्क खाना image

काठमाडौं । कोही भोकै बस्न पर्दैन भन्ने राष्ट्रपति र प्रधानमन्त्रीको वाचा चटक्कै भुलाउने गरी खुलामञ्चको एकछेउमा ६ बजेतिर खाना पाउने आसमा लाइनमा उभिएकाहरुको कल्याङमल्याङ सुरू हुन्छ । विभिन्न व्यक्ति र संस्थाले राजधानीमै सयौं भोकाहरुलाई निस्शुल्क खाना खुवाइरहेका छन् ।

सरकारले भने यसलाई देखेर पनि नदेखेझैं गरिरहेको छ । खुलामञ्चभित्रको बसपार्क छेउछाउमा उभिएका र सडकमा लस्करै थचक्क बसेका सबैजसोको अनुहार उदास देखिन्छ । थकित र भोकले गलेका देखिने उनीहरूमा वृद्ध, महिला र बालबालिकाभन्दा वयस्कहरूको संख्या धेरै छ । छेवैमा वीर अस्पतालको गेटनजिकै त्यस्तै करिब दुई सय जना लस्करै धुले भुइँमा थचक्क बसेका छन् ।

उनीहरूका अघि ‘सिल्भर कोटेड’ कागजको खाली प्लेट छ । निषेधाज्ञाका कारण कामविहीन भएपछि भोकभोकै परेका सर्वसाधारणलाई राजधानीको खुलामञ्चमा खाना खुवाइँदै। विभिन्न व्यक्ति र समूहले यहाँ दिनहुँ ६ सय जनाभन्दा बढीलाई खाना खुवाइरहेका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण सहर सुनसान छ ।

तर रत्नपार्कको छेउमा रहेको खुलामञ्चअघि जसको केही भागलाई अस्थायी बसपार्क बनाइएको छ, त्यहाँ दिउँसो २ बजेपछि सयौं मान्छेहरूको चहलपहल सुरु हुन्छ । निषेधाज्ञामा त्यतिका धेरै मान्छे कुनै जुलुस वा धर्ना गर्न वा बसपार्कबाट गाडी चढेर कतै जान भेला भएका होइनन् । काठमाडौंका विभिन्न चौकुनाबाट प्रहरीको आँखा छल्दै उनीहरू भोक मेट्न आएका हुन् ।

उनीहरूलाई नीलो पीपीई लगाएका स्वयंसेवकले खाना बाँडिरहेका छन् । भोकको झोंकमा तिनीहरूले न भौतिक दूरी कायम गरेका छन् न स्वयंसेवकले नै दूरी मिलाउन सकेका छन् । तिनैमध्येका केही भने छेवैको सार्वजनिक शौचालयमा आड लागेर र केही अलि परतिर एक्लै बसेर खाना खाइरहेका छन् ।कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.