भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

महेश बस्नेतलाई हराउन भक्तपुर-२ मा कांग्रेस जिल्ला सभापतिलाई टिकट


  • आश्विन २३, २०७९
  • 267 Views
महेश बस्नेतलाई हराउन भक्तपुर-२ मा कांग्रेस जिल्ला सभापतिलाई टिकट image

भक्तपुर । भक्तपुर क्षेत्र नम्वर २ मा कांग्रेसले जिल्ला पार्टी सभापति दुर्लभ थापालाई टिकट दिएको छ । यो क्षेत्रका सशक्त उम्मेदवार एमालेका युवा नेता महेश बस्नेतविरुद्ध पार्टी सभापति थापालाई नै उम्मेदवारका लागि टिकट दिएको हो । यसअघि पार्टी केन्द्रीय सदस्य एवं मध्यपुर थिमीका पूर्व मेयर मदनकृष्ण श्रेष्ठको पनि यस क्षेत्रमा दाबी थियो । यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै हो ।

पछिल्लो स्थानीय निकायको निर्वाचनमा पनि यो क्षेत्रमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा भएको थियो । तर, एमालेका मेयर बासुदेव थापा कांग्रेसका मेयर उम्मेदवार निशान ढुंगेललाई झिनो मतान्तरणले पराजित गरी विजयी भएका थिए । यो क्षेत्रमा कांग्रेस र एमालेको जितमा नेपाल मजदुर किसान पार्टी र राष्टिय प्रजातन्त्र पार्टी निर्णायक हुने देखिन्छ । तर, नेपाल मजदुर किसान पार्टीेले जितकै लागि सिद्धान्तहिन एकता नगर्ने भन्दै आएकोले उसको आफ्नै छुटै उम्मेदवार हुने निश्चित छ ।

यस हिसाबले राष्टिय प्रजातन्त्र पार्टीको समर्थन जता हुन्छ उसैको जित हुने विश्लेषण छ । यसअघिको प्रतिनिधिसभा निर्वाचनमा एमालेका महेश बस्नेत भारी मताअन्तरले जितेका थिए । उक्त बेला कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानालाई टिकट दिएको थियो । त्यसबेला टुरिष्ट उम्मेदबार उठाएको भन्दै कांग्रेसभित्रै ठूलो आलोचना भएको थियो ।

यसअघि सता गठबन्धनले भक्तपुरमा सिट बाँंडफाँटमा प्रतिनिधि सभातर्फ क्षेत्र नं २ को प्रतिनिधि सभाको भाग कांग्रेसले पाएको थियो । सोही अनुसार कांग्रेसले जिल्ला सभापति थापालाई टिकट दिएको हो । क्षेत्र नं १ भने माओवादी केन्द्रको भागमा परेको थियो । सत्ता गठबन्धनको सिट बाँंडफाँटमा प्रदेश सभा १ क, १ ख, २ क कांग्रेसको भागमा परेको छ भने २ ख एकीकृत समाजवादीको भागमा परेको छ । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.