भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

महोत्तरीको लोहारपट्टी नगरपालिकास्थित मुसहर टोलका बालिका, जो विद्यालय जाँदैनन्


  • भाद्र ३०, २०७७
  • 481 Views
महोत्तरीको लोहारपट्टी नगरपालिकास्थित मुसहर टोलका बालिका, जो विद्यालय जाँदैनन् image

जनकपुरधाम । छेउँमै दलित स्कुल छ, सदा पूर्वप्राथमिक विद्यालय। तर, मुसहर समुदायका बालबालिका सो विद्यालयमा पढ्न जाँदैनन्। अभिभावकको नागरिकता नभएपछि जन्मदर्ता नहुँदा मुसहर समुदायका बालबालिका पठनपाठनबाट वञ्चित छन्। प्रदेश २ का धेरै स्थानीय तहमा बालबालिका पोषण अभियान, प्रदेश सरकारको मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्ता गतिविधि चलिरहेको छ।

महोत्तरीको लोहारपट्टी नगरपालिकास्थित मुसहर बस्तीको सदा टोलका बालबालिकालाई भने यस्तो अभियानले छुन सकेको छैन। अति विपन्न मुसहर समुदायको बसोबास भएको यो बस्तीमा सरकारको अभियान शून्य छ। महोत्तरी सदरमुकाम जलेश्वरको खैरा टोलका १० वर्षीया राधा र १२ वर्षिया सञ्जिता सदा बुवाआमालाई घरको कामकाज सघाउँछन्। खाना पकाउनेदेखि बस्तुभाउ चराउने उनीहरूको दैनिकी बनेको छ। जेठी छोरी सञ्जिताले घरको सबै काम हेुर्नुपर्छ, बहिनी राधाले उनलाई सघाउँछिन्।

‘हामीले घरको काम गर्छौं, बुवाआमा अरूको खेतमा काम गर्न जानुहुन्छ, अनि साँझ र बिहान खाना खान्छौं। सञ्जिता भन्छिन्, ‘पढ्ने मन त छ तर काम गर्नु कि पढ्नु ? ’ प्रदेशको सदरमुकाम बन्न प्रयत्न धनुषाको जनकपुरधाम होस् वा पर्साको वीरगन्ज दुवै सहरमा धेरै बालबालिका विद्यालय जानबाट वञ्चित छन्। संघीय सरकारको तथ्यांकअनुसार प्रदेश २ मा विद्यालय जान वञ्चित बालबालिकाको संख्या धनुषा र पर्सामा सबैभन्दा धेरै छ।

धनुषामा २७ हजार २ सय ९७ र पर्सामा २७ हजार १ सय ५ बालबालिका विद्यालय जाँदैनन्। यस्तै सूचीमा क्रमशः बारा, सर्लाही, रौतहट, सिरहा, सप्तरी र महोत्तरीमा छ।शिक्षा मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ का ८ जिल्लामा १ लाख ९१ हजार २ सय २१ बालबालिका विद्यालय बाहिर छन्। संविधानले शिक्षा अनिवार्य र निःशुल्क भनेको छ। सडक, सञ्चार र भौतिक पूर्वाधारले अन्य प्रदेशभन्दा अघि भए पनि पारिवारिक अवस्थाले प्रदेश २ का बालबालिका विद्यालय जाँदैनन्। अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.