भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा कांग्रेस नेताको भेला : पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउन माग | केहीबेरको वर्षामै काठमाडौंका सडक जलमग्न, सवारी आवागमन प्रभावित | नक्शाल बाल मन्दिरबाट २० बालबालिकाको उद्धार, जोखिमपूर्ण अवस्थामा भेटिए | पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा | काठमाडौं उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह | कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र | इरानसँगको द्वन्द्वमा अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउने संख्या १७ पुग्यो | गोरु पाल्ने किसानलाई प्रोत्साहन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मेयर बालेन्द्र साहको राजनीतिक भेटघाट तीब्र, देउवा र ओलीपछि प्रचण्ड भेट्न खुमलटारमा


  • जेष्ठ २१, २०७९
  • 473 Views
मेयर बालेन्द्र साहको राजनीतिक भेटघाट तीब्र, देउवा र ओलीपछि प्रचण्ड भेट्न खुमलटारमा image

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शीर्ष नेतासँग भेट तीब्र पारेका छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका साहले पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका हुन्। बालेन्द्रले शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर उनले छलफल गरेका छन्।

भेटमा बालेन्द्रले प्रचण्डलाई सहयोग गर्न आग्रह गरेका थिए। जवाफमा प्रचण्डले बालेन्द्रलाई स्वतन्त्रबाट जितेर पनि सबैलाई मिलाएर सहकार्य गर्ने काम गरेको भन्दै आफूले पनि साथ दिने बताए। ‘पहिलेका मेयरहरू स्वतन्त्रबाट जितेपनि पार्टीलाई गाली गर्ने प्रणाली थियो तर तपाईले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सह्रानिय छ हाम्रो साथ र सहयोग हुने छ’ प्रचण्डको भनाई उल्लेख गर्दै भेटमा सहभागी एक सदस्यले भने।

स्वतन्त्रबाट उम्मेदवार दिएपछि लौरो चिन्ह लिएर निर्वाचनमा होमिएका उनले सत्ता गठबन्धनलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका थिए। उनले महानगरमा परिवर्तन ल्याउन विभिन्न पक्षसँग सहकार्यको पहल थालिएको स्पष्ट पारेका छन्। उनले शीर्ष नेतासँग भेटेर काठमाडौँको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि दबाब दिँदै आएका छन् ।

मेयर शाहले सपथग्रहण गरेकै दिन प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका थिए। आफू विजयी हुने निश्चित भएपछि मतगणनाको औपचारिक घोषणा अगाडि नै ओलीसँग भेटेका शाहले बुधबार प्रधानमन्त्री देउवासँग बालुवाटार पुगेर भेट गरेका हुन्।

मेयर शाहले काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि धेरैभन्दा धेरै व्यक्तिसँग भेट गरेर छलफल गर्ने, सुझाव समेट्ने र सहकार्यका लागि पहल गरिरहेको बताउँदै आएका छन्। ‘यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने छ,’ उनले भनेका छन्, ‘समय अनुकूलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ। यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौँ।’

अन्नपुर्ण पाेष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.