DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मेलम्चीको मृगतृष्णा पट्यारलाग्दो


  • कार्तिक १९, २०७७
  • 534 Views
मेलम्चीको मृगतृष्णा पट्यारलाग्दो image

मानिसको दिनचर्या सञ्चालनका लागि पानीको महत्व अहम् छ । यसैकारण पानीलाई अत्यावश्यक वस्तुका रूपमा वर्गीकरण गरिएको हो । विश्वका प्रत्येक राष्ट्रले आफ्ना नागरिकलाई भरपर्दो, नियमित र शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको पाइन्छ । कतिपय राष्ट्रले खानेपानी र सिँचाइका लागि अन्य मुलुकमा निर्भर रहनुपरेको छ भने कतिपय राष्ट्रमा पानीको उपलब्धता भएर पनि खानेपानीको उचित प्रबन्ध मिलाउन नसकेको देखिन्छ । अब पानीयुद्धको सम्भावना औँल्याएकै छन् विज्ञहरूले ।

नेपालमा, चौधौँ योजनाको अन्त्य (आर्थिक वर्ष २०७५-०७६० सम्म, ८९ प्रतिशत जनसङ्ख्यालाई खानेपानी सेवा पुगेको तथ्याङ्क सार्वजनिक गरिए पनि पन्ध्रौँ योजना (आव २०७६-७७–२०८०-८१० को दीर्घकालीन सोचको प्रमुख परिणात्मक लक्ष्यहरूमा आव २१००-०१ मा ९५ प्रतिशत जनसङ्ख्यालाई उच्च मध्यमस्तरको खानेपानी सुविधा पु¥याउने प्रक्षेपण गरिएको छ । नेपालमा विगत ४०-५० वर्षयता जनसङ्ख्या निरन्तर बढ्दै जानु, वन–जङ्गल नासिँदै जानु र बसाइँ–सराइको क्रम सहरमुखी र त्यसमा पनि राजधानीमुखी हुँदै गएबाट पिउने पानीको समस्या अदृश्य किसिमले चुलिँदै गएको छ ।

काठमाडौँमा विद्यमान ढुङ्गेधारा, कुवा, इनारमार्फत सर्वसाधारणले पिउनेपानीको व्यवस्था गर्दै आएका थिए । तर, अनियन्त्रित सहरीकरणका कारण ढुङ्गेधाराका मुहान द्रुत गतिमा सुक्दै गए । एकातर्फ उपत्यकामा जनसङ्ख्या बढ्दै जानु र अर्कोतर्फ अतीतदेखि प्रयोगमा आएका पानीको स्रोत सुक्दै, नासिँदै गएपछि समस्या विकराल बन्दै गयो । यसै सन्दर्भमा उपत्यकामा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने हेतुले विक्रम संवत् २०४१ मा विभिन्न २२ विकल्पमध्ये मेलम्ची खानेपानी आयोजना पहिचान गरी विसं २०४८ मा सो परियोजना कार्यान्वयन गरिने निर्णय लिइयो ।

उपरोक्त खानेपानी परियोजनाको निर्माणकार्य यथार्थमा विसं २०५२ मा प्रारम्भ गरियो । यस परियोजनामा नेपाल सरकारलगायत बहुअन्तर्राष्ट्रिय संस्थाको संलग्नता छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथानबाट काठमाडौँको सुन्दरीजलसम्म पानी पु¥याउन २७।५ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने भएकाले यो कार्य आफैँमा नौलो र चुनौतीपूर्ण थियो । काम सुरु भएलगत्तै माओवादी द्वन्द्वका कारण कार्यान्वयनमा अनेकौँ समस्या आइलागे । विसं २०६६ मा चाइना रेल्वे व्युरो ९चीनको०लाई दिइएको ठेक्कासमेत बीचमा तोडियो ।

यता आएर इटालीको निर्माण व्यवसायीले ०७४ साल चैत महिनामा सुरुङ खन्ने कार्यलाई निरन्तरता दियो । इटालीको निर्माण व्यवसायीले पनि आफ्नो कमजोर आर्थिक स्थिति दर्शाई एकातर्फी ठेक्का तोडेकाले पछिल्लो समयमा एक वर्षमा बाँकी कार्य पूरा गर्ने सर्तमा सिनो हाइड्रो कर्पोरेसन, चाइनासित ०७६ असोज १२ गते अर्को सम्झौता गरी परियोजनालाई निरन्तरता दिइएको छ । मेलम्चीको खानेपानी परियोजनाबारे समय–समयमा सञ्चारमाध्यममा विभिन्न समाचार सार्वजनिक हुँदै आएका छन् ।

केही वर्षपहिले पानी वितरणका लागि काठमाडौँ उपत्यकामा यत्रतत्र पाइप बिछ्याउने कार्य प्रारम्भ गर्दा यसले नगरवासीमा नौलो आशा जगायो । यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले १७ फागुन २०७३ मा राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा ‘अबको छ महिनाअघि नै मेलम्चीको पानी काठमाडौँ आउनेछ’ भन्नुभएको थियो । लगत्तै २०७४ सालको बडादसैँको मिति कार्यसम्पादनका लागि तोकियो । यसै सन्दर्भमा खानेपानी मन्त्रालयका तत्कालीन मन्त्री महेन्द्र यादवले २० भदौ २०७४ मा संवाददाताहरूबीच मेलम्चीका खानेपानी पुस महिनाभित्रै राजधानी आउने जानकारी दिनुभयो । तर, सरकारका कुनै पनि उद्घोष र आश्वासनले मूर्त रूप लिन सकेनन् । गोरखापत्रबाट…

 


Thali Mobile Pvt.Ltd.