भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

यस्तो छ कोरोना रोकथामका लागि सरकारको ३६ बुँदे आदेश


  • माघ ३, २०७८
  • 460 Views
यस्तो छ कोरोना रोकथामका लागि सरकारको ३६ बुँदे आदेश image

काठमाडौँ । सरकारले कोरोना भाइरसको नयाँ भेरिएन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । पुस ३० गतेको मन्त्रिपरिषद् बैठकले उक्त आदेश जारी गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

आदेशअनुसार सबै प्रकारका आमसभा, जुलुस, भेला माघ मसान्तसम्म नगर्ने, गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलापहरु भर्चुअल माध्यमबाट गर्ने, भौतिक रुपमा उपस्थित भई गर्नपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी र एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्र सहभागी रहने गरी सञ्चालन गर्ने, माघ ७ गतेपश्चात् त्यस्तो कार्यक्रममा खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी गर्ने जस्ता विषय उल्लेख छन् ।

यस्तै सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, हाटबजारलगायत कार्यक्रम १५ माघसम्म नगर्ने, विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापमा पनि रोक लगाइएको छ । कान्पिुर दैनिकबाट….

 

 

 


Thali Mobile Pvt.Ltd.