भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

राष्ट्रपति रनिङ सिल्ड वैशाखमा


  • फाल्गुन १७, २०८०
  • 388 Views
राष्ट्रपति रनिङ सिल्ड वैशाखमा image

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा हुने १४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको मिति निर्धारण गरिएको छ। राखेप सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रतियोगिता २०८१ वैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो।

बैठकले प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गर्नेलगायत निर्णय पनि गरेको छ। त्रिपुरेश्वरस्थित राखेपमा भएको बैठकमा कोशीका सदस्यसचिव हंशराज वाग्ले, मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण विकास मन्त्रालयका सचिव चूडामणि फुयाल, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, सुदूरपश्चिमका सदस्यसचिव दीपक सिंह, राखेप सदस्य अञ्जन धमला र प्रकाशकुमार कुसारीलगायतको उपस्थिति थियो। अन्नपूर्णपोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.