भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने आज जेल चलान हुँदै


  • चैत्र २४, २०८१
  • 247 Views
रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने आज जेल चलान हुँदै image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज जेल चलान हुने भएका छन्। शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा राख्न आदेश गरेपछि प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो।शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा लगेपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। रुपन्देहीका एसपी रंजितसिंह राठौरले आज जिल्ला अदालतमा पेश गरेपछि कारागार पठाइने जानकारी दिए। शनिबार र आइतबार बिदा परेकाले उनलाई आज अदालतमा पेश गर्न लागिएको हो।

सरकारले पछिल्लो समयमा सहकारीको रकम अपचलनको अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने र कारबाहीको प्रक्रियालाई तीब्ररुपमा अगाडि बढाएको छ।गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरण सभापति लामिछाने समेतलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । सहकारीको रकम अपचलन गरेको कसुरमा कुल ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । ती ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कुल १ अर्ब ४३ करोड ८६ लाख २ हजार १ सय ३५ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

त्यसपछि माघ १३ गते जिल्ला अदालत रूपन्देहीमा थुनछेक बहस सकिएपछि गोर्खा मिडियाका तत्कालीन पूर्वप्रबन्ध निर्देशक रहेका लामिछानेलाई न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । जिल्ला अदालत रूपन्देहीले धरौटीमा रिहा गर्ने आदेश गरेपछि प्रतिवादी लामिछानेलाई धरौटी नभएर थुनामा राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालय फागुन २२ गते उच्च अदालतमा पुगेको थियो । फागुन २६ गते लामिछाने पनि जिल्ला अदालतको एक करोड धरौटीको आदेशको खारेजीको माग गर्दै उच्चमा निवेदन दिएका थिए ।

‘तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्नेमा जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेपछि जिल्लाको आदेश बदर गरी प्रतिवादीलाई थुनामा राख्न मागका साथ हामीले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थियौं’, जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले अन्नपूर्ण पोस्ट्सँग भने, ‘तत्काल प्राप्त प्रमाणको आधारमा मुद्दाका प्रतिवादी (रवि लामिछाने) कसुरदार रहेको देखिने आदेशमा उल्लेख छ ।’अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.