DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विद्यालयमा सशस्त्रको ब्यारेक


  • कार्तिक २३, २०७७
  • 413 Views
विद्यालयमा सशस्त्रको ब्यारेक image

सर्लाही । ब्रह्मपुरी गाउँपालिकाले धर्मशालामा विद्यालय भवन बनाउने भन्दै चलिरहेको विद्यालय सशस्त्रलाई जिम्मा दियो, विद्यालयमा काँडेतार लगाएर सशस्त्रले परेड खेल्दा विद्यार्थी अलपत्र परेका छन् । विद्यालयमा सशस्त्र सुरक्षाकर्मी पस्नु नै कानुनी रूपमा गलत हो, तर सर्लाहीको ब्रह्मपुरी गाउँपालिका– ५ सखुहवास्थित प्राथमिक विद्यालय भवनमा सशस्त्र प्रहरीले पोस्ट नै खडा गरेर बसेको छ । विद्यालयलाई काँडेतारले घेरिएको छ भने बालबालिका पढ्ने मैदानमा सशस्त्र फौजले परेड खेल्न थालेको छ ।

६ कात्तिकमा विद्यालय रहेको भवनमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको हो । गाउँपालिका कार्यालयले निर्णय नै गरेर दिएपछि स्कुलको भवनमा सुरक्षाकर्मी आएर बसेका हुन् । विद्यालयका सम्पूर्ण फाइल एउटा कोठामा थुपारिएको छ भने विद्यार्थीलाई विद्यालय परिसरमा समेत निषेध छ । आजभोलि प्रधानाध्यापक शेष सबिर अहमद बिहानै विद्यालय पुग्छन्, कोठामा थुपाएिको हाजिरी रजिस्टर निकाल्छन्, आफ्नो हाजिर गर्छन् र फर्कन्छन् ।

विद्यालयमा काँडेतार लगाएको देखेपछि आपूm आश्चर्यमा परेको प्रधानाध्यापक अहमदले बताए । ‘विद्यालयमा काँडेतार लगाएर सुरक्षाकर्मी बसेको यो दृश्य हाम्रा लागि विडम्बना हो, विद्यालय शान्ति क्षेत्र भनिएको छ, तर काँडेतारले घेरेर विद्यार्थीलाई बाहिर पठाइएको छ भने हतियारसहित सुरक्षाकर्मी बसेका छन्,’ उनले भने । प्रधानाध्यापक अहमदका अनुसार उक्त विद्यालय बन्द भए बालबालिका अब अर्को विद्यालय जानुपर्नेछ । जो टाढा जान सक्दैनन्, उनीहरूका लागि शिक्षा अब सपना मात्र हुनेछ ।

ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले बालबालिकालाई धर्मशालामा राखेर पढाउने भन्दै विद्यालयमा सुरक्षाकर्मी राख्न सहमति दिएका हुन् । ‘सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्नु ठीक हो । तर, सरकारले एउटा पोस्ट स्थापना गर्न सक्दैन रु बालबालिकाको कक्षाकोठा नै हत्याउनुुपर्छ ?’ स्थानीय अभिभावक विद्यानन्द यादवले प्रश्न गरे ।

स्थानीयको पहलमा स्थापना भएर सञ्चालन भएको विद्यालयबाट बालबालिकालाई धपाएर सशस्त्र प्रहरी राख्नु गलत भएको संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हरिराम यादवले बताए । ‘विद्यालयको भवन पुरानो भएको थियो, त्यसलाई सुधार गर्नुपर्ने हो । त्यसैका लागि जनताले विभिन्न तहका सरकार चुनेका हुन्, तर सरकारले नै स्कुलबाट विद्यार्थी धपाएको छ, यो हामीलाई स्वीकार्य छैन,’ उनले भने । नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.