भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विभागीय अनुमतिबिना शिक्षकलाई अन्य पेसामा संलग्न हुन रोक


  • भाद्र ३, २०८२
  • 395 Views
विभागीय अनुमतिबिना शिक्षकलाई अन्य पेसामा संलग्न हुन रोक image

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र विद्यालयका कर्मचारीलाई विद्यालय समयमा कुनै पनि गैरसरकारी वा सहायक पेसामा संलग्न नहुन निर्देशन दिएको छ ।

नगरपालिकाका शिक्षा अधिकृत राजन पाण्डेले सूचना प्रकाशित गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त पत्रका आधारमा सो निर्णय कडाइका साथ लागू गर्न लागेको हो ।

निर्देशनात्मक सूचनामा कुनै शिक्षक वा प्रधानाध्यापक विद्यालय समयमा अन्यत्र पेसामा संलग्न भेटिएमा शिक्षा नियमावली २०५९ को नियम १३३ अनुसार कारबाही गरिने बताइएको छ । शिक्षा नियमावलीअनुसार, विद्यालय समय बाहेक अन्यत्र काम गर्न चाहने शिक्षकले विभागीय स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

जिल्ला शिक्षा समन्वय इकाइ नवलपुरका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार अघिल्लो आर्थिक वर्षसम्म करिब ८५ जना शिक्षक तथा कर्मचारीले विभागीय स्वीकृति लिएको जानकारी दिएका छन् । तर, केही शिक्षकले अझै स्वीकृति नलिई गैरसरकारी कार्यालय वा क्याम्पसहरूमा काम गरिरहेको पाइएको छ ।

जिल्लामा साबिकको नवलपरासी रहँदाका सबै स्वीकृतिहरू २०७९ चैत २ गतेदेखि बदर गरिएको र त्यसपछि नयाँ स्वीकृति लिएर मात्र अन्यत्र काम गर्न सिफारिस गरिएको पनि उनले जानकारी दिए। जिल्लाका केही शिक्षकले अझै पनि आवश्यक विभागीय स्वीकृति नलिई विभिन्न क्याम्पस तथा गैरसरकारी संस्थामा कार्यरत रहेको पाइएको छ।

कावासोती नगरपालिकाका शिक्षा अधिकृत पाण्डेका अनुसार विद्यालय समयमा अन्यत्र काम गर्ने शिक्षकको तलब पाँच वर्षसम्म रोक्का गर्नुका साथै बढुवा समेत रोक्न सकिने प्रावधान रहेको बताए । कान्तिपुर दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.