भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विमानस्थलको बोझ विमानस्थलको बोझ अन्नपूर्ण


  • जेष्ठ १०, २०८०
  • 243 Views
विमानस्थलको बोझ विमानस्थलको बोझ अन्नपूर्ण image

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको खुसीसँगै एउटा बोझको सुरुआत भयो। त्यो बोझ हो, ऋणको। चीनसँग ऋण लिएर बनाएकाले किस्ता बुझाउन पनि सुरु भइसकेको छ। चीनसँग लिँदा र विमानस्थल बनाउँदा २२ अर्ब ऋण भए पनि बुझाउँदासम्म २६ अर्ब पुग्ने देखिएको छ। चिनियाँ मुद्रासँगको सटही दरले गर्दा अहिल्यै ४ अर्ब बेसी लाग्ने देखिसकिएको छ। तर, आम्दानीको बाटो पनि देखिन्न। अन्तर्राष्ट्रिय उडानका लागि बनाइएको विमानस्थलबाट कहिले त्यस्तो उडान होलान् रु कुनै छेकछन्द छैन। २०९२ असोज १ गतेभित्र भुक्तानी गरिसक्नुपर्ने ऋणको सावाँ–ब्याजको वार्षिक भार सबा २ अर्ब हुन्छ। चीनको एक्जिम बैंकसँग २ प्रतिशतको दरको लिएको ऋण नेपाल सरकारले नागरिक उड्डयान प्राधिकरणलाई भने ५ प्रतिशतमा दिएको छ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता ४७ वर्षअघि देखियो तर त्यसको सम्भावना के छ हेरिएन। व्यापारिक योजना बनाइएन। तसर्थ विमानस्थल निर्माण सकिँदा पनि कुनै पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले पोखरासम्मको उडान भर्ने छेकछन्द भएन। उडान नहुँदै ऋणको भार बेहोर्नु परिसक्यो। बिना कुनै कार्ययोजना विमानस्थल निर्माण गरिनु नै बोझ थपिनु भएको छ। पुस १७ सञ्चालनमा आएयता अन्तर्राष्ट्रिय उडानका लागि सरकारले माखो मारेको छैन। निजी क्षेत्रका वायुसेवा कम्पनीले भारतसम्म उडानका लागि गरेको सफल सार्थक बन्न नसक्दा पनि सरकारले कूटनीतिक पहल गरिदिएको छैन।

नागरिक उड्डयन प्राधिकरण आफ्नो काम विमानस्थल बनाउने र सेवा दिनेमात्रै भएको भन्दै टक्टकिएको छ। आखिर ऋण भार आफैंले बोक्नुपर्ने हुँदा सरकारलाई घच्घच्याउने र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई उसले पनि आकर्षित गर्नुपर्ने हो। सरकार वा प्राधिकरण या निजी क्षेत्र जसको पहलमा भए पनि अन्तर्राष्ट्रिय उडान नहुने हो भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ऋणको भारकै कारण देशका लागि नदुखेको टाउको डोरी लगाएर दुखाएजस्तो हुने निश्चित छ। विमानस्थल निर्माण गर्नुअघि नबनाइएको भए पनि अब यसको व्यापारिक योजनासहित अघि बढ्नुको विकल्प भने छैन। ऋण त आखिर लागिसक्यो भने त्यसलाई तिर्ने र अझ विमानस्थलबाट आम्दानी पनि गर्नेपट्टि नलागी धरै छैन। यत्ति हो विमानस्थल मुलुकका लागि बोझ बन्नु हुँदैन। राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्मित पूर्वाधार सञ्चालनमा सरकारी उदासीन हुन बिडम्बना हो। यो समाचार अन्नपूर्ण दैनिकमा छ ।

 

 


Thali Mobile Pvt.Ltd.