भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

वीरका शल्यक्रिया कक्ष प्रयोगविहीन


  • माघ ४, २०७९
  • 299 Views
वीरका शल्यक्रिया कक्ष प्रयोगविहीन image

काठमाडौँ। वीर अस्पतालका छवटा शल्यक्रिया कक्ष ९अपरेसन थिएटर० प्रयोगविहीन भएका छन् । ती शल्यक्रिया कक्ष उपकरण बिग्रिएर नभई जनशक्ति अभावले प्रयोगविहीन भएका हुन् । वीर अस्पतालमा १५ वटा शल्यक्रिया कक्ष छन् । तीमध्ये नौवटा प्रयोगमा छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा। भुपेन्द्रकुमार बस्नेतले भन्नुभयो, “जनशक्ति अभावले सबै अपरेसन थिएटरलाई सञ्चालन गर्न सकेका छैनौँ ।”

उहाँका अनुसार गत वर्ष वीर अस्पतालले स्थायी रूपमा तीन सय नर्स व्यवस्थापन गर्न लोकसेवा आयोगमार्फत विज्ञापन गरेको थियो तर नर्स भर्ना प्रक्रिया रोक्न माग गर्दै अदालतमा मुद्दा परेपछि सो प्रक्रिया अवरुद्ध छ । उहाँले नर्सको पदपूर्ति भए २४सै घण्टा शल्यक्रिया गर्न सकिने बताउनुभयो । अस्पतालका सूचना अधिकारी सागर मिश्रले विज्ञ चिकित्सकको अभाव नभएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट पुल दरबन्दीमा ल्याएर पनि चिकित्सकको पदपूर्ति गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, “चिकित्सकबाहेकका जनशक्ति करारमा पदपूर्ति गर्न सकिए सबै अपरेसन थिएटरलाई सञ्चालन गर्न सकिन्थ्यो ।” सबै शल्यक्रिया कक्ष सञ्चालन हुन नसक्दा शल्यक्रियाका लागि बिरामीले लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यता छ । वीर अस्पतालको बहिरङ्ग विभागमा दिउँसो २ बजेसम्म दुई हजारदेखि साढे दुई हजारसम्म बिरामीको परीक्षण हुने

गरेको छ । यसैबीच वीर अस्पतालले दिएको स्वास्थ्य सेवाबारे बुझ्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुगमन भएको छ । प्रधानमन्त्री कार्यालयका उपसचिव शालिकराम दाहालको नेतृत्वमा अनुगमन टोली अस्पताल पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पतालमा सेवाग्राहीले लामो लाइन बस्नुपर्ने र शल्यक्रियाका लागि महिनौँ पालो कुर्नुपर्ने व्यवस्थाको अन्त्य गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि वीर अस्पतालमा के कस्ता सुविधा थप भए वा कस्ता समस्याले बिरामीलाई महिनौँसम्म शल्यक्रियाका लागि पालो कुर्नु परेको हो भन्ने विषयमा बुझ्न प्रधानमन्त्री कार्यालयबाट अनुगमन टोली आएको हो ।

अनुगमनका क्रममा कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा। बस्नेतले अस्पतालका समस्याबारे जानकारी गराउनुभएको थियो । उहाँले अस्पतालमा जनशक्तिका कारण शल्यक्रियामा समस्या भएको बताउनुभयो । प्रधानमन्त्रीको निर्देशनपछि वीर अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्ययोजनासमेत पेस गरिसकेको जानकारी उहाँले दिनुभएको थियो । गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.