भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

वैदेशिक रोजगारी कोमामै छन् २५ नेपाली, स्वदेश फर्काउने पहल असफल


  • माघ १३, २०७७
  • 738 Views
वैदेशिक रोजगारी कोमामै छन् २५ नेपाली, स्वदेश फर्काउने पहल असफल image

काठमाडौं । झापा बिर्तामोडका प्रकाश गुरुङ अर्धचेत अवस्था कोमामा सात वर्षसम्म साउदी अरबमै बस्न बाध्य भए। प्रकाश दैलेख ओभरसिजमार्फत ०६८ मा समी अल मुसराफ रिक्रुमेन्ट कम्पनीमा काम गर्न गएका थिए। त्यहाँ दुई वर्ष काम गरेपछि तलब राम्रो नभएको र लोड–अनलोडको काम गर्न समस्या भएको भन्दै भागेर अर्को कम्पनीमा गए। त्यहीबेला बिरामी परेका उनी परिवारसँग सम्पर्कविहीन भएका थिए। उनलाई ०७० कात्तिक ८ मा थदिक जनरल अस्पतालमा भर्ना गरियो। गम्भीर प्रकृतिको म्यानेन्जाइटिस रोगले थलिएका उनी अर्धचेत ९कोमा०मा पुगेका हुन्।

उनी त्यहाँ गैरकानुन तवरले बसे पनि अस्पतालले भर्ना गरी इमर्जेन्सी सेवा दिएको थियो। कम्पनीले खर्च व्यहोर्न अस्वीकार गरे पनि अस्पतालले उनको उपचार गरेको थियो। परिवारले धेरै खोजी गरेपछि मात्रै आफन्त र साथीभाइले उनको अवस्था थाहा पाएका थिए। उनलाई गैरआवासीय नेपाली संघको सहयोगमा यसपटक दसैंका बेला स्वदेश ल्याइएको छ। उनलाई काठमाडौंबाट गाडीमा असहज भएपछि जहाजमै राखेर घर लगिएको थियो।

वर्षौंदेखि अलपत्र अवस्थामा रहेका प्रकाश दसैंकै दिन घर आइपुगेपछि परिवारमा खुसी छाएको भाउजू शान्ति गुरुङले बताइन्। ‘घरमै मसाज गरेर ठीक हुँदै छ’, शान्तिले अन्नपूर्ण पोस्ट्सँग भनिन्, ‘समय–समयमा सुविधासम्पन्न अस्पतालमा लैजाने गरेका छौं।’ डाक्टरको सल्लाहअनुसार घरमै उपचार हुँदा सुधार भइरहेको उनले सुनाइन्। ‘पहिले आँखा बन्द थियो’, उनले भनिन्, ‘अहिले खुलेको छ। लठ्ठी टेकेर हिँडडुल गर्नुहुन्छ।’ प्रकाश विस्तारै हिँड्न सक्ने भए पनि अझै बोल्न सक्ने भएका छैनन्।

वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा ९अचेत अवस्था०मा विदेशमै छन्। सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय गरेको थियो। तर, निर्णय कार्यान्वयन गर्न समस्या परेको बोर्डले जनाएको छ। बोर्डका अनुसार कतारमा ९, साउदीमा ५, कुवेत र बहराइनमा ४र४, र ओमान, यूएई, जापानमा १र१ जना कामदार कोमामा छन्।

बोर्डका उपसचिव दीनबन्धु सुवेदीले कार्यस्थलमा दुर्घटनामा परी कोमामा पुग्ने गरेको बताए। त्यस्ता नेपाली फर्काउन गृहकार्य भए पनि प्राविधिक कारणले समस्या भएको उपसचिव सुवेदीको भनाइ छ। औसत दैनिक १ हजार ५ सय नेपाली वैदेशिक रोजगारीमा जान्छन्। कोरोना भाइरस महामारीले केही प्रभावित भए पनि जाने क्रम रोकिएको छैन। तर, धन कमाएर सुखसयलमा जीवन बिताउने सपना साँचेर बिदेसिने नेपालीमध्ये दैनिक तीन जना शव बनेर बाकसमा फर्किन्छन्। कतिपय अंगभंग भएर वैदेशिक रोजगारीको खोट लिएर आउँछन्।

वैदेशिक रोजगारीका क्रममा कोही नेपाली अंगभंग तथा मृत्यु भए बोर्डले कोषबाट ७ लाख रुपैयाँ सहायता दिन्छ। तर, गैरकानुनी हैसियतमा रहेका, अवैध बाटोबाट विदेश गएका, श्रम स्वीकृतिको अवधि सकिएकाहरूको हकमा लागू हुँदैन।गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा। बद्री केसीले वैदेशिक रोजगारीमा रहेका कामदार अंगभंग भई काम गर्न बाध्य हुने गरेको बताए। ‘कतिपय कामदार कोमामा छन्’, संघको वैदेशिक रोजगार तथा कल्याणकारिणी समितिका संयोजकसमेत रहेका उपाध्यक्ष डा. केसीले भने, ‘उनीहरूलाई फर्काउन पहल गर्नुपर्छ।’ कोरोना महामारीका बेला रोजगार गुमाई अलपत्र परेका नेपालीलाई उद्धार गर्ने, राहत दिने, फर्काउन पहल गर्नेलगायत काम संघले गर्दै आएको केसीले बताए।

कुल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीको हिस्सा २५ प्रतिशतभन्दा बढी छ। तर, सरकारले वैदेशिक रोजगारीमा रहेका कामदारको हितका लागि उल्लेखनीय काम गर्न सकेको छैन। कोभिडका बेला रोजगार गुमाई बेखर्ची हुन पुगेका कामदारलाई फर्काउन पहल नगर्दा उनीहरू श्रम गन्तव्य मुलुकमै अलपत्र परेका थिए। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.