भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन


  • पुष २५, २०७७
  • 839 Views
शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन image

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (आज) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व संकलनका लागि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशन पछि राजस्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टर ९आज० शनिबार पनि खुला रहने भएका छन् । सोही निर्देशनकै कारण केही बैंकले शुक्रबार नै सूचना प्रकाशित गरेर शनिबार दिउँसो बैंक खुला रहने जानकारी गराइसकेका छन् ।

कोरोना महामारीका कारण चालु आवको बितेका पाँच महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न नसकेसँगै अहिले सरकारले राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई ताकेता गरिरहेको छ । सोही ताकेतापछि देखिएको राजस्व बुझाउने कार्यमा थप सहजता ल्याउन राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व बुझाउन बैंकका काउन्टर खोल्न निर्देशन दिएको हो ।
आज राजस्व तिर्न पाइने

राष्ट्र बैंकको यस्तो निर्देशनले राजस्व बुझाउनेलाई केही सहज हुने अपेक्षा गरिएको सेवाग्राहीको भनाइ छ । उनीहरूले राष्ट्र बैंकको यो काम राम्रो भएको बताएका छन् । यसैबीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमति लिएर मात्रै विद्युतीय बैंकिङको शुल्क लिन पाउने नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७७ मा संशोधन गरी सम्बन्धित ग्राहकको अनुमति लिएर र सेवा शुल्कसम्बन्धी पूर्वजानकारी गराएर मात्रै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्न लिन पाउने नयाँ व्यवस्था गरेको हो ।

त्यसैगरी विद्युतिय कारोबारको सुरक्षाको पर्याप्त प्रबन्ध मिलाई ग्राहकलाई मोबाइल, इन्टरनेट, एसएमएस बैंकिङको आफ्नो युजरनेम र पासवर्ड हराएको वा बिर्सिएमा आफैं प्राप्त गरी सेवा पुनः सुचारु गर्न सक्ने व्यवस्थासमेत गरेको राष्ट्र बैंकले जनाएको छ । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.