भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

श्रमिकका सन्ततिलाई ‘कमाउँदै पढ्दै, पढ्दै कमाउँदै’ कार्यक्रम


  • आश्विन २१, २०८०
  • 342 Views
श्रमिकका सन्ततिलाई ‘कमाउँदै पढ्दै, पढ्दै कमाउँदै’ कार्यक्रम image

काठमाडौं । यो कार्यक्रम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघिबाटै सञ्चालनमा ल्याइएको छ । अब श्रम मन्त्रालयले पनि वैदेशिक रोजगारीमा गएका श्रमिकका छोराछोरीका लागि यस्तो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।वैदेशिक रोजगार बोर्डमार्फत उच्च माध्यमिक विद्यालय तहमा अध्ययनरत श्रमिकका छोराछोरीलाई ‘कमाउँदै पढ्दै’ र माध्यमिक तहका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गरिने बोर्डका निर्देशक राजन पौडेलले बताए ।

श्रमिकका सन्ततिले पनि वैदेशिक रोजगारीमा जानुनपरोस् भनेर पनि यो कार्यक्रम सञ्चालन गर्न खोजिएको हो । १२ कक्षापछि धेरै युवाहरू वैदेशिक रोजगारीमा जाने योजना बनाउँछन् । तर, विद्यालयस्तरमा नै शिक्षाको साथमा सीप पनि दिइयो भने मुलुकभित्रै बस्ने वातावरण बन्नेछ ।वैदेशिक रोजगारीमा गएका श्रमिकले गरेको योगदानबापत सरकारले यस्तो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उनले बताए । श्रममन्त्री शरतसिंह भण्डारीले यस कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । ‘श्रमिकका सन्ततिले पनि वैदेशिक रोजगारीमा जानुनपरोस् भनेर पनि यो कार्यक्रम सञ्चालन गर्न खोजिएको हो ।

१२ कक्षापछि धेरै युवाहरू वैदेशिक रोजगारीमा जाने योजना बनाउँछन् । तर, विद्यालयस्तरमा नै शिक्षाको साथमा सीप पनि दिइयो भने मुलुकभित्रै बस्ने वातावरण बन्नेछ,’ उनले भने । वैदेशिक रोजगारीमा गएका श्रमिकका छोराछोरीमध्ये इच्छुक मात्रै यो कार्यक्रममा समावेश हुन सक्नेछन् । बोर्डले यो कार्यक्रम लागू गर्न सम्बन्धित विद्यालयसँग सम्झौता गर्नेछ । सम्झौताबमोजिम बोर्डले इच्छुक विद्यार्थीका लागि विभिन्न किसिमका तालिम र बिउ पुँजी उपलब्ध गराउनेछ ।

श्रमिकका परिवारको सबलीकरणमा सात करोड विनियोजन
वैदेशिक रोजगार बोर्डले चालू आर्थिक वर्ष ०८०र८१ मा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका परिवारको सबलीकरणका लागि सात करोड विनियोजन गरेको छ । चालू आवमा बोर्डले विभिन्न तीन प्रकारका कार्यक्रम सञ्चालन गर्नेछ । कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यलाई समेट्ने गरी सामुदायिक विद्यालयबाट पढाइ छाडेका सीमान्तकृत युवाहरूलाई सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । यसका लागि बोर्डले एक करोड ५० लाख विनियोजन गरेको छ । यो कार्यक्रम बोर्डले स्थानीय निकायसँगको सहकार्यमा सञ्चालन गर्नेछ ।

त्यस्तै, बोर्डले ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनका लागि पाँच करोड विनियोजन गरेको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकका सन्तति जो १० कक्षासम्म अध्ययनरत छन्, उनीहरू यो कार्यक्रममा सहभागी हुन पाउनेछन् । यो कार्यक्रममा सहभागी हुने विद्यार्थीले पढाइलाई प्राथमिकता दिनुपर्नेछ । बाँकी रहेको समयमा इच्छाअनुसारको सीप सिक्न पाउनेछन् ।त्यस्तै, ११ र १२ कक्षा पढ्दै गरेका विद्यार्थीका लागि भने बोर्डले वित्तीय साक्षरता र उद्यमशीलतासम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछ । यसका लागि बोर्डले ४० लाख विनियोजन गरेको छ । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका सन्तति यस कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

कार्यविधि निर्माण गरिँदै
वैदेशिक रोजगारी बोर्डले श्रमिकका सन्ततिका लागि पढ्दै कमाउँदै, कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन गर्ने कार्यविधि निर्माणका लागि एक विज्ञ समूह गठन गरेको छ । सो समूहले कार्यविधि निर्माणको प्रक्रिया अगाडि बढाइसकेको बोर्डका निर्देशक राजन पौडेलले बताए । कार्यविधि निर्माण कार्य सम्पन्न भएपछि कार्यक्रम सञ्चालन गरिने उनले स्पष्ट पारे ।

त्यस्तै, बोर्डले चालू आवदेखि नेपाली श्रमिकहरू रहेको मुलुकमा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा धेरै नेपाली श्रमिक भएका मुलुकमा शिविर सञ्चालन गर्ने योजना बनाएको छ । बोर्डले सुरुमा जनरल फिजिसियनद्वारा शिविर सञ्चालन गर्नेछ । चिकित्सकहरू नेपालबाट नै पठाउने वा सम्बन्धित मुलुकमा नै भएका चिकित्सकलाई नियुक्त गरी शिविर सञ्चालन गर्ने विषयमा छलफल गरिरहेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक स्वास्थ्य समस्याबाट गुज्रनुपर्ने अवस्थालाई अन्त्य गर्न बोर्डले यस्तो कार्यक्रम सञ्चालन गरेको हो । हाल बोर्डले टेलिमेडिसिन सेवा सञ्चालन गरेको छ । यो सेवाका लागि बोर्डले वीर हस्पिटलसँग सम्झौता गरेको छ । हस्पिटलले उपलब्ध गराएको नम्बरमा सीधै सम्पर्क गरी गन्तव्य मुलुकमा रहेको श्रमिकले आफ्ना समस्या राख्न सक्छन् । हाल खाडी, मलेसियालगायत युरोपमा रहेका नेपाली श्रमिकले पनि टेलिमेडिसन सेवा लिएको बोर्डको तथ्यांक छ । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.