भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

श्रावणमा अयन परिवर्तनको फल


  • श्रावण ३, २०८०
  • 215 Views
श्रावणमा अयन परिवर्तनको फल image

काठमाडौं । यसपालि श्री सम्बत् २०८०, पिंगल नामक सम्बत्सर श्रावण कृष्ण औंसी तिथि, पुनर्वसु नक्षत्र, हर्षण योग, नाग करण परेको छ। प्रवादन कालमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा जाँदै गृष्म ऋतु उत्तरायण सकिएर दक्षिणायन वर्षा ऋतु आरम्भ हुँदछ। तिथि, बार, नक्षत्र, योग, करण मिलेर बनेको पञ्चांग श्रवण गर्नाले गंगास्नान गरेको फल मिल्ने भनेर शास्त्रमा वर्णन छ। यस मासमा सूर्य कर्कट राशिमा हुनेछन्, त्यसैले संक्रान्ति पनि कर्कट नै भएको हो।

यो मासका अधिपति देवता हुन्, श्रीधर र मासकी देवी हुन् कान्तिमती। यो मास अधिक मास हो, जुन २ गतेदेखि सुरु हुन्छ। मानव जीवन समय चक्रमै घुमिरहेको हुन्छ। सौर्य मासअनुसार १२ राशिमा सूर्य परिभ्रमण गर्ने क्रममा कर्कट राशिमा सूर्य संक्रमण हुन जाँदा कर्कट संक्रान्ति हुन्छ। सूर्य दक्षिणायन भई हाम्रो भूगोलअनुसार दिनमान थोरै र रात्रिमान धेरै हुने हुँदा दिनको समयभन्दा रात्रिको समय बढी हुने अवस्था हो यो। सूर्य मकर राशिमा सरी माघेसंक्रान्ति नआएसम्म कायम रहन्छ।

उत्तरायण ९माघदेखि असारसम्म०लाई देवताको दिन र दक्षिणायन ९साउनदेखि पुससम्म०लाई देवताको रात भनिन्छ। रात र दिनको उत्तिकै महत्त्व हुनाले उत्तरायणमा नयाँ घर सर्ने, बिहे, व्रतबन्ध आदि शुभकर्म बढी हुने गर्छ भने दक्षिणायनमा अधिकांश मुख्य चाडपर्व चतुर्मास व्रत, महादसैं, नागपञ्चमी, कृष्णजन्माष्टमी, रक्षाबन्धन, तिहार आदि पर्छन्।

पितृहरूका लागि विशेष उपासना गर्ने पितृपक्ष यसैबेला पर्छन् भने मानिसको इहलीला समाप्त हुने पुण्य बेला चाहिँ तुलनात्मक रूपमा उत्तरायणलाई बढी शुभ मानिएको छ। अधिक मासमा भने भगवान् पुरुषोत्तमको चर्चा व्रत उपासना विशेष रूपमा गरिन्छ। यो मासभरि अन्य चाडपर्व खासै परेका छैनन्, तिथिका हिसाबले गरिने कार्य एक महिनापछि सरेको छ। तिथि, बार, नक्षत्र, योग र करण पाँच अंग मिलेर पञ्चांग बन्छ, ज्योतिषशास्त्रको मूल आधार यही नै हो। प्र्रत्येक संक्रान्ति सकेमा र नसकेमा श्रावण संक्रान्ति, मकर संक्रान्ति, मेष अर्थात् वैशाख संक्रान्तिमा पञ्चांग श्रवण गर्नाले घरैमा गंगास्नान गरेको पुण्य मिल्ने पूर्वीय दर्शनले पुष्टि गरेको छ।

काल ९समय०ले कसैलाई छोड्दैन। समय सबैभन्दा बलबान् छ। महिना महिनामा आउने संक्रान्ति र कोठामा परिवर्तन हुने क्यालेन्डरका पानाहरूले आफूले गरेका जीवनोपयोगी र समाज उपयोगी कामको गणना गर्न संकेत गर्छन्। ६÷६ महिनामा हुने अयन परिवर्तनले अर्धवार्षिक समीक्षा र आत्मालोचना गर्न प्रेरित गर्छ। तृष्णा बढाउने, रोग वृद्धि गर्ने तर काल चक्रभन्दा माथि छु भन्ने अहम् भावनालाई त्यागेर आगामी दिन बढी सुखद र आनन्दमय बनाउन सामाजिक सेवा र पर हितकारी काममा प्रेरित हुने संकेत हो संक्रान्ति ९अयन परिवर्तन १०। जीवन सन्तुलित र सौम्य, सक्रिय र साहसिलो बनाउन आत्मबलको प्रेरणा दिन्छ, अयन परिवर्तनले १ सके वाल्यावस्थादेखि नै नसके किशोर वा यौवनावस्थादेखि मानव जीवनलाई लक्ष्योन्मुख, उद्देश्योन्मुख हुन पनि प्रेरित गर्छ, अयन परिवर्तनले १

दार्शनिक, आध्यात्मिक महत्त्वको साथै कर्कट संक्रान्तिको सांस्कृतिक महत्त्व पनि छ यसको। अधिकांश जीवनस्तर कृषिमै आधारित छ हाम्रो। मुख्यबाली धान, मकै, कोदो, भटमास आदि रोपण बेला अर्थात् वर्षायाम खेतबारीको काम यसै समयावधिमा हुने गर्छ। कृषिको आधार ६ वटा ऋतुमध्ये मुख्य वर्षाऋतुको आरम्भ कर्कट संक्रान्तिबाटै सुरु हुन्छ। यद्यपि असारमै विगत झैं बाढीपहिरोको कष्टकर जीवन भोग्न बाध्य भयौं यसपालि पनि। राम्रो पक्ष के थियो भने असारमै अधिकांश रोपाइँ सकिनु पथ्र्यो तर भएन। खेतीकिसानी गर्नेहरू झन् बढी स्वस्थ हुनुपर्ने र किराफट्यांग्रा आदिको प्रकोपबाट बच्न स्वास्थ्य मजबुत राख्न यस दिनको विशेष कार्यले प्रेरणा पनि दिन्छ। यसै दिन कण्डारक नामको देवपूजन गर्ने चलन छ हाम्रो। हिलो, मैलो, वर्षाको कारण घाउखटिरा आदि चिलाउने छालाजनित रोग नलाग्न साउने संक्रान्तिको दिन साँझपख लुतो फाल्ने चलन छ। लुतो फालेपछि जडीबुटीको रूपमा रहेको कुकुरडाइनोको पात जलाएर घाउ खटिरामा मलम लगाउने चलन छ।

साँझपख कण्डारकनामक पिशाचको पूजा गरी लुतो फाल्नाले छालाजनित रोग नहुने विश्वास गरिन्छ। अर्को धसिङ्गरेको बोट बाल्ने, पड्काउने, सल्लाको काठको मुठालाई ७÷७ वटा पार्ने ती मुठालाई निशाचार पिशाचलाई चढाई चारवटा सल्लाको दाउरालाई आफ्नो घरको मूलधुरी नाघ्ने गरी चारै दिशामा फाल्ने अनौठो संस्कृति अहिले पनि गाउँतिर पाइन्छ। मासको फुलौरा खोरीमा राखी फलपूmलसमेत चढाउने, आँगन, चोक गोबरले लिप्ने, सफा पहिरन साथ दर्शन ढुंगा ९सेतो ढुंगा०मा कण्डारक देवता स्थापना गर्ने, दीप, कलश, गणेशसहित पूजा, उपासना गर्ने विधान छ। पिठोले रेखी हाली, कर्ममात्र, पूजासामान, नैवेद्य, भेटीसहित आँगनमा बसेर पृथ्वीको पूजासमेत त्यहीँ गरिन्छ। अन्त्यमा, धूप, दीप, दक्षिणा, समापन आदि कार्यसमेत पूजाका विधानले गर्ने गरिन्छ। र नाङ्लो ठटाएर अपशकुनहरूलाई खेद्ने कार्य पनि हुन्छ।

हरेक चाडपर्वले त्याग र तपको संकेत गरेका हुन्छन्। त्याग ६ प्रकारका हुन्छन्। कामनाको त्याग सर्वश्रेष्ठ त्याग हो। कामनाको त्याग गर्नाले आशक्ति हट्छ। आशक्तिले देवत्व प्राप्ति हुन्न। व्यक्तिको उन्नति पनि हुन्न। अनाशक्तिले व्यक्ति माथि उठ्न सक्छ। आशक्ति हुञ्जेल रागले छोड्दैन। राग हुन्जेल भक्तिको उदय हुँदैन। भक्तिको उदयबिना ज्ञान र वैराग्यको उदय हुन्न। निष्काम भक्तिबिना इहलोक र परलोक सप्रदैन। अप्राप्तिमा त्याग सबैले गर्न सक्छन्। अभावको त्याग वास्तविक त्याग होइन। सबैथरी वरिपरि हुँदाको त्याग त्यागको यथार्थ हो। श्रीसम्पत्ति, धनीमानी एैश्वर्यशाली, पद प्रतिष्ठाले पूर्ण हुँदाको त्याग सही त्याग हो। वैराग्यले लक्ष्मीलाई धर्मपूर्वक प्रयोग गर्नुपर्छ।

धर्म, यज्ञ, अनुष्ठान, सार्वजनिक निर्माण कार्यमा दान दिनु त्यागको लक्षण हो। आर्जनको ९० प्रतिशतमा मात्र आफ्नो हकभोग रहन्छ। आचारलाई नछोड्नु तपको लक्षण हो। पातहरू हल्लन सक्छन् वृक्षमा तर अकुंर मर्दैन, ठीक त्यस्तै अपयशहरू आउन सक्छन्, बाधाहरू आउन सक्छन् तर धैर्य तपस्वीको लक्षण हो। कसैप्रति याचना नगर्ने, ठूलासँग हात नथाप्ने, सानासँग याचना नगर्ने, बराबरी स्वभावसँग पनि याचना नगर्ने व्यक्तिका वरिपरि ईश्वर बसेको हुन्छ। सके दिने, नसके कमसे कम याचना चाहिँ नगर्नेसँग परमेश्वर बसिरहेको हुन्छ। प्रमादका ८ दोष छन्– ५ इन्द्रियहरूको छाडापनमा मन, बुद्धि र अहंकारसमेत थपिँदा यी दोषहरू मानवमा विद्यमान हुन्छन्। अतीतको चिन्ता, भविष्यको आशाले व्यक्तिलाई सताइरहेको हुन्छ। गएका दुःख वेदनापूर्ण अभिव्यक्तिले व्यक्तिलाई निराश बनाउँछ। व्यर्थ चेष्टा, व्यर्थ चिन्ता, व्यर्थ चिन्तनले शरीर बोझिलो बन्छ।

हामीमा अनगिन्ती समस्या छ, रोजगारीको अभाव, आयआर्जनका ढोकाहरू बन्द रहेको अवस्था छ। शिक्षा, स्वास्थ्य सर्वसाधारणले धान्न सकेका छैनन्। देशको व्यापार असन्तुलन, विदेशी ऋण, जर्जर अर्थ प्रणाली, कृषि क्षेत्रको गिर्दो अवस्था, आयातमा भर पर्नु परेको, नेपाली बिदेसिएका, गाउँघर रित्तो भएको, मलामी जन्तीको अभाव भएको आदि अनेक पीडा छन्। तर धैर्यको बाँध नतोडी दह्रो आत्मबल राखौं। सकेको सेवा गरौं। दान, धर्म पनि सकेको गरौं। यसैमा चाडपर्वले दिने बल प्राप्त हुन्छ। अन्नपूर्णपोष्ट दैनिबाट…

 


Thali Mobile Pvt.Ltd.