भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

श्रीलङ्कामा सङ्कटकालको घोषणापछि पनि विरोधी प्रदर्शन रोकिएन


  • चैत्र २०, २०७८
  • 584 Views
श्रीलङ्कामा सङ्कटकालको घोषणापछि पनि विरोधी प्रदर्शन रोकिएन image

कोलम्बो। चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधि बढ्न थालेको भन्दै सरकारले संकटकालको घोषणा गरेको छ । आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरुविरुद्ध सर्वसाधारण आन्दोलित भएसँगै सरकारले संकटकालको घोषणा गरेको हो । संकटकालको घोषणापछि पनि विरोधी प्रदर्शन रोकिएको छैन।

सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरिएको त्यहाँको सरकारले जनाएको छ ।राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराउ गर्ने प्रयास गर्दा सर्वसाधारण र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । त्यस क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरु पनि घाइते भएका थिए ।

सरकारले प्रदर्शनमा उत्रनेहरुलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न आदेश जारी गरेको छ । राजधानी कोलोम्बो लगायतका मुख्य सहरमा सुरक्षाकर्मीले रातको समयमा निशेधित क्षेत्र घोषणा गरेको बीबीसीले जनाएको छ । सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलङ्का पछिल्लो समय चरम आर्थिक संकटका कारण अत्यावश्यक वस्तुसमेत आपूर्ति गर्न नसक्ने अवस्थामा पुगेको छ। जसका कारण आम सर्वसाधारण आन्दोलित भएका हुन् ।

गत साता मात्र कागज किन्न नसकेको भन्दै विद्यालय तहको परीक्षा नै स्थगित भएको थियो । आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण थप मारमा परेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.