भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

संकटमा उपत्यकाका सामुदायिक विद्यालय


  • भाद्र २८, २०७७
  • 485 Views
संकटमा उपत्यकाका सामुदायिक विद्यालय image

काठमाडौं । सामुदायिक विद्यालयमा जहाँ पढे पनि निःशुल्क भएकाले विद्यार्थीलाई सहज हुने ठाउँमा पढ्न प्रेरित गर्नुपर्ने अवस्था आएको विज्ञ बताउँछन् । निजी विद्यालयसरह आकर्षक मानिएका काठमाडौं उपत्यकाका सामुदायिक विद्यालयमा अघिल्लो वर्ष भर्ना भएका करिब आधा विद्यार्थी फर्किने अनिश्चित देखिएको छ ।

कोरोना प्रसार रोक्न ११ चैतमा देशव्यापी लकडाउन भएपछि अभिभावकसँगै आ–आफ्ना गाउँ गएका बालबालिका फर्किने निश्चित नभएको हो । सामुदायिक विद्यालयमा सरकारले निस्शुल्क पाठ्यपुस्तक वितरण गर्छ । यस वर्ष करिब ५० प्रतिशत विद्यार्थीले मात्र नाम दर्ता गरेर पुस्तक लगेका छन् । काठमाडौंका नाम चलेका सामुदायिक विद्यालयहरू देशभरबाट आएका विद्यार्थीले भरिभराउ हुन्थे । कोरोना संकट कायम रहँदा ती विद्यालयमा विद्यार्थी अभाव देखिएको हो ।

काठमाडौंका चक्रपथभित्रका सबैजसो सामुदायिक विद्यालयको साझा समस्या हो यो । सामुदायिक विद्यालयमा नाम दर्ता गरेर पुस्तक लगेका विद्यार्थीले पनि काठमाडौं फर्किन नसक्ने बताएका छन् । अघिल्लो वर्षको विद्यार्थी संख्याका आधारमा सरकारले यस्ता विद्यालयलाई पुस्तक खरिदका लागि बजेट उपलब्ध गराएको छ । विद्यार्थी अभावमा पुस्तक विद्यालयमै थुप्रिएका छन् ।काठमाडौंबाट फर्केका विद्यार्थी नजिकका जिल्लाका विद्यालयमा भर्ना भएका छन् ।

सिन्धुपाल्चोक साँगाचोकस्थित जनजागृति माविका प्रधानाध्यापक पदम पराजुलीका अनुसार काठमाडौंबाट फर्केका केही विद्यार्थी भर्ना भइसकेका छन् भने केही भर्ना हुने क्रममा छन् । ‘काठमाडौंमा बस्न गाह्रो भयो भन्दै केही विद्यार्थी आएर भर्ना भएका छन्, केहीले भर्ना हुन चाहेका छन्,’ पराजुली भन्छन्, ‘कक्षा १० मा पनि भर्ना हुन भन्दै आएका थिए, लिन सकिएन ।’

ग्रामीण भेगका अन्य विद्यालयमा पनि काठमाडौंबाट फर्केका विद्यार्थी भर्ना भएको उनी बताउँछन् । ‘एउटै विद्यालयमा ठूलो संख्यामा नबढे पनि काठमाडौंबाट फर्केकाहरू थोरै भर्ना भएका छन्,’ उनी भन्छन्, ‘विद्यालय खुलेर राम्रोसँग सञ्चालन गर्न पाएको भए अरू धेरै थपिन सक्थे ।’ नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.