भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

संक्रमण समुदायस्तरमै विस्तार, काठमाडौंको पोजिटिभ रेट ११.७०


  • भाद्र २०, २०७७
  • 472 Views
संक्रमण समुदायस्तरमै विस्तार, काठमाडौंको पोजिटिभ रेट ११.७० image

काठमाडौँ । पछिल्ला तथ्यांकहरूले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमै विस्तार भइसकेको देखाएका छन् । पछिल्लो सात दिनको पर्सेन्टेज पोजिटिभ रेट PCR बिहीबार गणना गरेर हेर्दा उपत्यकाको औसत ११.७० को हाराहारीमा छ भने देशभरको औसत ८.७ छ ।

जनस्वास्थ्य विज्ञका अनुसार पीपीआर ५ भन्दा माथि भए त्यसले संक्रमण समुदायस्तरमा व्यापक भएको वा परीक्षणको दायरा फराकिलो हुन नसकेको दर्शाउँछ । उपत्यकाको पछिल्ला सात दिनको पीपीआर एक दिनबाहेक दोहोरो अंकमा छ जुन आवश्यक मापदण्डभन्दा दुई गुणा बढी हो । विश्व स्वास्थ्य संगठनले विश्वभरका देशहरूलाई जनजीवन सामान्य रूपमा फर्काउनुपूर्व १४ दिनसम्म पीपीआर ५ प्रतिशतभन्दा तल हुनुपर्ने सुझाव दिएको छ ।

double pojetiveयो संख्या बढ्नुको मतलब हामीकहाँ लक्षण देखिएर वा कुनै समस्या भएर परीक्षण गराउन पुगेकाको मात्रै परीक्षण भइरहेको छ, समुदायस्तरमा परीक्षण भएको छैन भन्ने पनि हो । एकातर्फ देशैभर संक्रमण फैलने दर उकालो लाग्दै छ भने अर्कोतर्फ कोरोनाकै कारण मृत्यु हुनेहरूको संख्या भदौ १४ को तथ्यांकलाई आधार मान्दा १४ दिनमा दोब्बर भएको छ ।उपत्यकामा पछिल्लो दुई साताको तथ्यांक केलाउँदा संक्रमितहरूको संख्या दोब्बर हुने दिन घट्दै गएको छ ।

बिहीबारको तथ्यांकअनुसार करिब ९ दिनमा उपत्यकामा संक्रमितको संख्या दोब्बर हुने देखिन्छ । देशभर संक्रमितहरूको संख्या दोब्बर हुन लाग्ने समय पनि घट्दै गएको छ । दोब्बर हुन लाग्ने समय जति घट्दै गयो, संक्रमण उति तीव्र भइरहेको छ भन्ने बुझिन्छ । साउन ६ गते लकडाउन अन्त्य भएको दिन देशभर संक्रमितहरूको संख्या दोब्बर हुने दर ८२।५ थियो । जसको मतलब करिब ८२ दिनमा संक्रमितको संख्या दोब्बर हुन्छ भन्ने अनुमान हो ।

तर, त्यो गणितीय अनुमानलाई धेरै पछि छोड्दै करिब ४० दिनमै संक्रमितको संख्या दोब्बर भयो । तथ्यांक विश्लेषण गर्ने अन्तर्राष्ट्रिय वेबसाइट स्टाटिस्टा डटकममा भदौ १५ मा प्रकाशित रिपोर्टमा भदौ १४ गतेको तथ्यांकअनुसार नेपालमा संक्रमितहरूको संख्या दोब्बर हुन ३४ दिन लागेको थियो ।

जबकि सोही रिपोर्टका अनुसार विश्वमा संक्रमितहरूको संख्या दोब्बर हुन ५० दिन लागेको देखिन्छ । भदौ १६ गतेसम्मको तथ्यांकलाई आधार मानेर विश्लेषण गर्दा अबको अवस्थामा संक्रमितहरूको संख्या दोब्बर हुन करिब २६ दिन लाग्न सक्छ । हाल धेरै संक्रमित देखिएका जिल्लाहरूमा निषेधाज्ञा भए पनि संक्रमित हुने क्रम घटेको छैन ।कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.