भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

संक्रमित परिवारकै हुँदैन कन्ट्याक्ट ट्रेसिङ


  • भाद्र १५, २०७७
  • 414 Views
संक्रमित परिवारकै हुँदैन कन्ट्याक्ट ट्रेसिङ image

काठमाडौँ । डल्लुका ५४ वर्षीय पुरुषलाई भदौ ७ मा कोरोना संक्रमण पुष्टि भयो । रिपोर्ट पोजिटिभ आएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का कर्मचारीले उनलाई अस्पताल जानका लागि तयार रहनु भन्दै बिहानै फोन गरे ।

परिवारले उनलाई घरमा छुट्टै कोठामा सावधानीपूर्वक राखे र ईडीसीडीबाट एम्बुलेन्स आउने पर्खाइमा बसे । ‘बुवालाई संक्रमणको लक्षण देखिइसकेको थियो । उच्च ज्वरो र खोकी थियो । उहाँ मधुमेहको बिरामीसमेत हुनुहुन्थ्यो,’ संक्रमितकी छोरीले भनिन्, ‘दिनैभर एम्बुलेन्स आएन । बेलुकातिर मात्रै अस्पताल लगे ।’

संक्रमितलाई अस्पताल लगिएको एक साता बित्यो, उनको परिवारको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण भने गरिएको छैन । ती संक्रमितको घरमा ११ जना छन् । एक जना क्यान्सरकी बिरामी पनि छिन् । घरमा भएका दुई जनालाई ज्वरो र खोकी लागिसकेको संक्रमितकी छोरीले बताइन् । ‘घरमा खानेकुरा छैन । हामीलाई छिमेकीले बाहिर निस्कन पनि दिएका छैनन्,’ उनले भनिन्, ‘ईडीसीडीमा फोन गर्दा वडामा भन्नू भन्छन् ।

काठमाडौं वडा नम्बर २३ का ३५ वर्षीय पुरुषलाई साउन ३१ मा कोरोना संक्रमण पुष्टि भयो । कन्ट्याक्ट ट्रेसिङ नभएपछि उनको परिवारका १० जनाले आफ्नै खर्चमा पीसीआर परीक्षण गरे । ‘घरमा आमा थाइराइड र मधुमेहकी बिरामी हुनुहुन्छ । भेटघाट भइराख्नुभएका ५७ वर्षीय ससुरालाई उच्च रक्तचापको समस्या थियो । जोखिम हुन्छ भनेर डर लाग्यो तर ट्रेसिङ हुँदै भएन ।

उपत्यकामा हाल कुल सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ८४ छ भने ३४ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय २० छ । यसबाहेक ३ सय ९३ जना निको भए भने २१ जनाको ज्यान गयो । ललितपुरमा सक्रिय संक्रमितको संख्या ५ सय ४४ छ, ६७ जना निको भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । भक्तपुर जिल्लामा ४ सय २० जना सक्रिय संक्रमित छन् । ५० जना भने निको भइसकेका छन् र ७ जनाको मृत्यु भएको छ । कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.