भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘संसदमा मलाई रोक्दै प्रतिपक्ष नेतालाई बोल्न दिएर सभामुखले गर्नै नहुने काम गरे’


  • जेष्ठ ३१, २०८०
  • 300 Views
‘संसदमा मलाई रोक्दै प्रतिपक्ष नेतालाई बोल्न दिएर सभामुखले गर्नै नहुने काम गरे’ image

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख देवराज घिमिरे संसदमा एक पक्षीय बनेको आरोप लगाएका छन्। बुधबार प्रेस सेन्टरका पदाधिकारी तथा नेतासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले संसदको रोष्टममा पुगेर आफूले सम्बोधन गरिरहेको समयमा रोकेर सभामुखले प्रतिपक्ष नेतालाई बोल्न दिएर गर्नै नहुने काम गरेको दाबी हुन्।

प्रचण्डले भने, ‘सदनमा ओलीहरुको देख्नुभयो नि, डेमोक्रेटिक नम्स, भ्यालुज सबलाई ध्वस्त पारेर, म मञ्चमा बोलिरहेको छु, म हरेक कुराको जवाफ दिन्छु भनिराखेको छु मैले । मलाई बोल्नै नदिने गरेर तलका मान्छेलाई बोल्न दिने रु त्यस्तो काम पनि भयो सभामुखबाट। हुँदै नहुने कुरा थियो क्या त्यो। ’ उनले प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेपछि तत्काल प्रतिपक्षले बोल्न नदिने प्रचलन नभएपनि बोल्न दिएकोप्रति असन्तुष्ट व्यक्त गरे। ‘पछि उनीहरु नराम्रोसँग एक्सपोज भए।

यीनीहरु लोकतान्त्रिक पनि छैनन्, साँस्कृतिक सभ्यता, नैतिकता केही पनि रहेनछ भन्ने कुरा त देखियो। देख्नलाई छ्याङ्गै देखियो।’ प्रचण्डले थपे, ‘भारत भ्रमणबाट आएपछि ओलीहरुले हुँदै नहुने काम गरे। म बोलिसकेपछि प्रतिपक्षले प्रतिवाद गर्ने कुरा, बोल्न दिने कुरा स्वभाविक र लोकतान्त्रिक थिएन तर दिइयो। प्रधानमन्त्रीले बोलेपछि तत्काल प्रतिपक्षलाई प्रतिवाद गर्न बोल्ने चलन छैन।’

प्रधानमन्त्री प्रचण्डले चार दिने भारतको ओपचारिक भ्रमणका क्रममा राष्ट्रिय हीत विपरीत अभिव्यक्ति दिएको र गैह्रसंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणीकरण भएको ठहर गर्दै एमालेलगायत तीन दलले गत जेठ २१ गते संसद अवरुद्ध गरेका थिए। संसद अवरोध भएपछि सूचना टाँस गरी अर्को दिनलाई बैठक तय भएको थियो।

प्रतिपक्ष दल एमाले, रास्वपा, राप्रपाले प्रश्न उठाएर जेठ २२ गते पनि संसद अवरोध गरेपछि प्रधानमन्त्री प्रचण्ड र सांसदबीच प्रश्नोत्तर भएको थियो। उक्त प्रश्नोत्तरको क्रममा सांसदको प्रश्नको जवाफ रोष्टममा उभिएर प्रचण्डले दिइरहेको समयमा एमालेले नियमापत्ति गरेपछि लगत्तै सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई रोकेर एमालेका सांसदलाई बोल्न समय उपलब्ध गराए। उक्त विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले प्रेस सेन्टरका नेताहरुसँगको छलफलमा सभामुखमाथि आक्रोश व्यक्त गरेका हुन्। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.