भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सत्तारूढ नेकपा जुहारी


  • कार्तिक १६, २०७७
  • 465 Views
सत्तारूढ नेकपा जुहारी image

काठमाडौं । सत्तारूढ नेकपा स्थायी समिति बैठकले भदौ २६ गते पार्टी पुरानो विवादमा नफर्कने घोषणा गरेको थियो। अन्तरविरोधपूर्ण विवाद नहुने सुनिश्चित गर्ने आन्तरिक सर्कुलरसमेत गरेको थियो। तर, त्यसको एक महिना नभई दुई अध्यक्षबीच पुरानै जुहारी सुरु भएको छ। केही दिनयता त्यसले उत्कर्ष रूप लिँदै गएको छ।

दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुराकानी गराउनै पनि दोस्रो तहका मध्यस्थकर्ता नेताले मिहिनेत गर्नुपर्ने अवस्था सिर्जना भएको छ। दोस्रो तहका नेताहरूको तीन दिन यताको दौडधुपपछि शनिबार प्रधानमन्त्री ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता त भयो तर विवाद कायमै छ।

राजदूत नियुक्ति, रिक्त मन्त्री नियुक्ति, भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेटवार्ता, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध राखिएको अविश्वास प्रस्ताव पछिको राजनीति, पर्सामा जिल्ला सदस्य महेश चौरसियाको हत्या प्रकरणलगायत विषयमा दुई अध्यक्षको बुझाइमै मतभिन्नता छ।

यही मतभिन्नताका कारण कर्णाली विवादमा दुई अध्यक्षले फरक–फरक निर्देशनात्मक सर्कुलर जारी गरे। पर्सा घटनामा अध्यक्ष दाहालले दोषीलाई कारबाही माग गर्दै वक्तव्यसमेत दिए। असमझदारीकै कारण ४ कात्तिकयता दुई अध्यक्षको प्रत्यक्ष संवाद हुन सकिरहेको थिएन। संवादको वातावरण बनाउन महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्बाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले तीन दिनयता लगातार गहन पहल गरेका थिए।

उनीहरू अध्यक्ष दाहालको निवासमा संवादमा बस्न आग्रह गर्दै पुगेका थिए। दाहाल सचिवालय बैठक राखेर प्रधानमन्त्री ओलीमाथि बहुमत नेताको दबाब बढाउन चाहन्छन्। कात्तिक १५ देखि तोकिएको केन्द्रीय समिति बैठक मंसिर १५ मा सार्ने निर्णय लिनसमेत महासचिव पौडेलले दुई अध्यक्षलाई अलग–अलग भेटेर आग्रह गरेका थिए। दुई अध्यक्षमा संवादहीनताका कारण देखिएको यो अवस्था तोडाउन ओली पक्षधर नेताहरूले निकै मिहिनेत गर्नुपरेको थियो। फलस्वरूप ओली र दाहालबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै पौने दुई घण्टा छलफल भएको छ। अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.