भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने, कुन प्रदेशमा कहिले ?


  • भाद्र ४, २०८०
  • 282 Views
समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने, कुन प्रदेशमा कहिले ? image

काठमाडौं । समाजवादी मोर्चाले सातै प्रदेशमा संयुक्त सभा गर्ने भएको छ। सोमबार नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय तिनकुनेमा समाजवादी मोर्चाको बैठकले सातै प्रदेशमा प्रदेशस्तरमा सभा गर्ने मिति तय गरेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए।

उनले नेपाली विशेषताको समाजवाद मौलिकता हुने भएको संसदीय दल र आफ्नो मिलन भएको बताए। बैठकले ८ मधेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौंडामा, २५ गते कोसीको विरानगरमा सन्देश सभाको आयोजना हुने भएको छ।

उक्त दिन नै मोर्चा प्रदेश मोर्चा गठन हुने भएको छ। प्रदेशमा पनि छुट्टाछुट्टै संयोजक तोकिनेछ। मोर्चामा सरकारमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन्। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.