ललितपुर । निर्माणाधीन समिट अपार्टमेन्ट होटलको भवन बनाउन खाल्डो खन्दा भासिएका छिमेकी घरका परिवारले क्षतिपूर्ति पाएका छैनन् । वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० र नक्सापासबिनै अपार्टमेन्ट निर्माण थालिएकामा निर्माण पक्षलाई ५ लाख र ५० हजार जरिवाना तिराएर सरकारी निकायले आफ्नो जिम्मेवारी पूरा भएको ठानेका छन् ।
निर्माणाधीन अपार्टमेन्टका कारण चैत २५ को राति साढे २ बजे सँधियारका घर भासिएका थिए, कतिपय चर्किएका छन् । बर्खा लागेपछि खाल्डोमा पानी भरिन थालेकाले छिमेकमा थप क्षतिको जोखिम बढेको छ । तर, भवन निर्माण विभाग, ललितपुर महानगर र उपत्यका विकास प्राधिकरणले न अनुगमन गरेका छन्, न पीडितलाई राहत दिलाउन अग्रसर छन् ।
चौधरी समूहका निर्वाण चौधरी र समिट समूहका सञ्चित श्रेष्ठले क्षतिको जिम्मेवारी लिने र दायित्व वहन गर्ने भनी चैत २६ मा प्रतिबद्धता जनाएका थिए । ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको नेतृत्वमा समिति बनाएर अपार्टमेन्ट पक्ष र पीडित पक्षको प्रतिनिधित्व गराएर तत्कालका लागि राहत, घर सर्ने, क्षतिको अध्ययनमा उपयोग गर्न एक करोडको कोष स्थापना गरियो ।
‘समाधानका लागि निर्माण कम्पनी, स्थानीय र जनप्रतिनिधिको रोहवरमा सहमति भएको’ भनी चैत २७ मा समिटका सम्पर्क व्यक्ति श्रेष्ठले विज्ञप्ति जारी गरेका थिए । तर, करिब साढे दुई महिनामा समितिको बैठक तीन पटक मात्रै बसेको छ । अझ वैशाख २६ यता बैठक नै बसेको छैन । ललितपुरमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिए समिट अपार्टमेन्टका कारण स्थानीय पाँच परिवार घर छाडेर डेरामा बसिरहेका छन् ।
क्षति पुगेपछि ग्रिनबिच होटल बन्द छ । अपार्टमेन्टको संरचना निर्माण रोकिएको छ । तर बर्खाका कारण छिमेकी घर झन्झन् भासिँदै गएका छन् । ‘बर्खा लागेपछि धाँजा फाट्ने, घर चर्किने र भासिने क्रम बढेपछि अरू १० परिवारसमेत अन्यत्रै सर्ने कि बस्ने भन्ने मनोविज्ञानमा छन्,’ प्रभावितमध्ये एक रञ्जनध्वज बिष्ट भन्छन् ।
मापदण्डविपरीत संरचना बनाइएको ठहर गर्दै काठमाडौं उपत्यका विकास प्राधिकरणको छानबिन समितिले समिट अपार्टमेन्ट पक्षलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । कान्तिपुरबाट…
