भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सालक तस्करीमा पक्राउ परेका व्यक्ति उपराष्ट्रपति पुनका सवारी चालक


  • मंसिर १४, २०७७
  • 703 Views
सालक तस्करीमा पक्राउ परेका व्यक्ति उपराष्ट्रपति पुनका सवारी चालक image

काठमाडौं । सालक बिक्री गर्न हिडेका दुई मध्ये पक्राउ परेका एकजना उपराष्ट्रपति नन्दबहादुर पुनका सवारी चालक रहेको पाइएको छ । सुराकीका आधारमा महानगरीयप्रहरी परिसर भक्तपुरको विशेष टोलीले गत बुधबार पोथी सालकसहित मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरेका दुई जनामध्ये एकजना उपराष्ट्रपतिको चालक रहेको अनुसन्धानबाट खुलेको प्रहरी तथा वन कार्यालय श्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका मध्ये शसस्त्र प्रहरीमा कार्यरत भिमबहादुर मगर उपराष्ट्रपति पुनको वाहालवाला सवारी चालक भएको डिभिजन वन कार्यालयका एक कर्मचारीले जानकारी दिए । यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सवारी चालकका रुपमा कार्यरत रहेको बताइएको छ ।

यसबारेमा थप जानकारी माग्दा प्रहरी उपरीक्षक तारादेबी थापाले भने यसको अनुसन्धान वन कार्यालयको क्षेत्राधिकार भित्र पर्ने भएकाले यसबारेमा प्रहरीले थप अनुसन्धान नगरी कार्यालयलाई बुझाएको जानकारी दिनुभयो । अनुसन्धानको क्रममा पक्राउ परेका मध्ये भिमबहादुर मगर सशस्त्र प्रहरीका जवान रहेको र उनको साथबाट प्रहरीको परिचय पत्र बरामद भएको प्रहरीले जनाएको छ ।

सालकसहित प्रहरीले धादिङ शितली गाउँपालिका–३ झार्लाङ्दी घरभई काठमाण्डौ महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुबबहादुर मगर र सोही ठाउँमा घरभई काठमाण्डौ महानगरपालिका–२६ लैनचौर बस्ने ३१ वर्षीय भिमबहादुरलाई पक्राउ गरेको थियो ।धादिङ्गबाट सालक बिक्रीका लागि लिएर आएको र सालक अरु कसैले अर्को पक्षलाई दिन पठाएको पक्राउ परेकाले बयान दिएको प्रहरीको भनाई छ ।

अनुसन्धानको क्रममा गर्भवती सालकले प्रहरी परिसर मै बच्चा जन्माएको जानकारी दिदै प्रहरीले पक्राउ परेकाको थप अनुसन्धान र कारबाही डिभिजन वन कार्यालय भक्तपुरले गर्ने भएकाले वन कार्यालयलाई बुझाएको बताएको छ । वन कार्यालयका कर्मचारी र प्रहरी श्रोतका अनुसार पक्राउ परेका दुबै पूर्वमाओवादी निकट समेत हुन् ।

ठूला मान्छेका चालक भएर गैरकानूनी कार्यमा लागेकाले प्रहरीले यसबारेमा थप अनुसन्धान गर्नुपर्नेमा पन्छिएको वन कार्यालयका कर्मचारीको गुनासो छ । पदीय आड र पहुँचको भरमा मगरलाई कडा कारबाही प्रक्रिया अगाडि नबढाई वन कार्यालयले फितलो रुपमा मुद्धा चलाउने सम्भावना रहेको गुनासो आएको छ । समाचारपत्रबाट…

 


Thali Mobile Pvt.Ltd.