भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सालो अपहरण गरी १० लाख फिरौती माग्ने भिनाजु पक्राउ


  • भाद्र १३, २०७७
  • 558 Views
सालो अपहरण गरी १० लाख फिरौती माग्ने भिनाजु पक्राउ image

नेपालगन्ज । आफ्नै सहोदर सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ भने अपहरणको ३ दिनपछि बालकको सकुशल उद्दार गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाका अनुसार बाँके जिल्ला खजुरा गाउँपालिका ५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक जाकिर भन्ने इन्तजार खाँलाई उनका भिनाजु नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरका २७ वर्षका कल्लु भन्ने कलिम खाँले ९ भदौमा अपहरण गरेका थिए ।

खजुरा ५ को रजनवा गाउँमा मोहर्रमको रमाइलो हेर्न गएको बेला बालकलाई अपहरण गरी जयसपुरस्थित आफ्नै घरमा बन्धक बनाएर फिरौती मागेको एसपी रानाले प्रष्ट पारे। ‘बालकलाई बन्धक बनाएर हिन्दी भाषा प्रयोग गरी पीडितकोे परिवारसँग १० लाख रुपैयाँ फिरौती मागेको खबर पाएपछि हामीले खजुरा गाउँपालिकाको धनौलीबाट अभियुक्तलाई पक्राउ गर्न सफल भयौं ।

११ भदौमा जानकी गाउँपालिका ५ बुढिया गाउँमा पीडित बालकको फुपुको घरमा लगेर छोडेको अवस्थामा फेला पारेर उद्दार गर्‍यौं।’ प्रहरीले अभियुक्त खाँबाट अपहरण गर्न प्रयोग भएको भे ४ प २३४४ नम्बरको सुजुकी कम्पनीको मोटरसाइकल एउटा र फिरौती माग्न प्रयोग भएको मोबाइल एक थान बरामद गरेको जनाएको छ। प्रहरीले खोजतलास जारी राखेको थाहा पाएपछि बालकलाई फुपुको घरमा लगेर छोडेको प्रहरीले जनाएको छ। अन्नपुर्ण पाेष्टबाट…

 


Thali Mobile Pvt.Ltd.