भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच प्रतिस्पर्धा हुने


  • मंसिर ८, २०८०
  • 312 Views
साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच प्रतिस्पर्धा हुने image

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ। ९ टोली सहभागी लिगको पहिलो खेलमा आजको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामी एफसीबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रङ्गशालामा हुने उद्घाटन खेल साँझ ६ बजेबाट सुरु हुनेछ। नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिगको रुपमा रहेको नेपाल सुपर लिगको उपाधि रक्षाका लागि दुबै टोलीले जितसहितको लक्ष्यलिएर मैदान उत्रने तयारी गरेका छन्।

काठमाडौंको मार्कीमा राष्ट्रिय टिमका युवा स्ट्राइकर हिसुब थपलिया छन् भने मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नै यथावत छन्। यस्तै पहिलो सिजन काठमाडौं च्याम्पियन बन्दा मार्की र कप्तान रहेका गोलकिपर विकेश कुथु यस पटक इलामको मार्की छन्। इलामको मुख्य प्रशिक्षकमा मेघराज केसी छन्। केसी पहिलो सिजन एफसी चितवनका प्रशिक्षक थिए। काठमाडौंमा कप्तानसहित युवा खेलाडीहरुको बाहुल्य छ भने इलाममा राष्ट्रिय टिमबाट खेलेका अनुभवी खेलाडीहरु छन्।

लिगमा यसपटक तीन नयाँ टोलीले इन्ट्रि पाएसँगै ९ टोलीले सहभागिता जनाउने छन्। जसमा साविक विजेता काठमाडौं रेजर्स एफसी, साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसी यथावत छन् भने पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसी यस पटक सहभागि छैन। यस्तै नयाँ टोलीमा झापा एफसी, स्पोर्टिङ इलाम एफसी र वीरगंज युनाइटेड थपिएका छन्।

सिङ्गल राउण्ड रोविनमा हुने लिगमा लिगमा कूल ४० खेल हुनेछ। जसमा लिग चरणमा हरेक टोद्यीले एक आपसमा खेल्नेछन् र ३६ खेल हुनेछ। त्यसपछि प्लेअफमा चार खेल हुनेछ। जहाँ शीर्ष दुई टिमले क्वालिफायर खेल्नेछन् र विजेता फाइनल पुग्नेछ। यस्तै तेस्रो र चौथो हुनेले एलिमिनेटर खेल्नेछन् र यसको विजेताले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ। ६ दिन दुईरदुई खेल हुने। जसमा पहिलो पहिलो दिउँसो १ बजे सुरु हुनेछ र साँझको खेल साढे ५ बजे सुरु हुनेछ। दिउँसो जम्मा ६ खेल मात्र हुनेछ। बाँकी सबै खेल साँझ हुनेछ। नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.